अब इस्लामिक स्टेटको 'नयाँ बगदादी' को बन्ला ? 


नेपालपाना प्रकाशित: २०७६-७-१४ गते
अब इस्लामिक स्टेटको 'नयाँ बगदादी' को बन्ला ? 

काठमाडाैं । बिद्रोहीको समूहबाट पैदा भएको संसारकै सबैभन्दा खतरनाक र हिंस्रक चरमपन्थी संगठन इस्लामिक स्टेटले नेता अबु बक्र अल बग्दादीको नेतृत्वमा अफ्रिकादेखि अस्ट्रेलियासम्म आफ्नो शक्ति बृद्धि गरिरहेको थियो । 

तर यो संगठनले यतिखेर आफ्नो मुखिया गुमाएसँगै अब कुन बाटो लिन्छ त ? नयाँ नेतृत्वका लागि आईएसले अहिले के गरिरहेको छ ? यो आतंकवादी संगठनले समर्थकसामु आफ्ना कुनै पनि कमजोरी देखाउन चाहँदैन र नेता बगदादी मारिएपछि पनि कुनै प्रकारले असन्तुलित भएको सन्देश दिन चाहनेछैन । 

पुरुषै पुरुषहरुको नेतृत्वमा रहेको आईएसआईसको प्रमुख कमिटीले संगठनको नयाँ प्रमुखका लागि कैयौं उम्मेदवारको विकल्पबारे यतिखेर छलफल गरिरहेको हुनुपर्छ ।

संगठनको नेतृत्व गर्ने चाहना राख्ने उम्मेदवारमा आईएसप्रति पूर्ण निष्ठा, प्रभावकारी रणनीति बनाउने क्षमता, दागरहित धार्मिक पहिचान र युद्ध लड्नका लागि अनुभव एवं कठोर सजाय दिने तरिकाबारे साहसी क्षमता हुनुपर्नेछ । 

इस्लामिक स्टेटमा इराकी पूर्व राष्ट्रपति सद्दाम हुसेनका सेना र गुप्तचर संयन्त्रका पूर्व सदस्यका साथै अति रुढीावदी जिहादीहरु संलग्न छन्, यिनीहरुलाई बाथिस्ट पनि भनिन्छ । 

हतियार, गोलाबारुद र खुफिया जानकारी दिने काम यीनै बाथिस्टहरुले गर्ने गर्छन् । इराकलाई बाथिस्टहरुले जसरी सबैभन्दा मिहिन ढङ्गले बुझ्न सक्छन्, यो काम अरुले गर्न सक्दैनन् । जिहादी कट्टरता पैदा गर्ने र आत्मघाती दस्ता तयार गर्ने काममा पनि बाथिष्टहरु निपूर्ण मानिन्छन् । 

बगदादीपछि आईएसको नेता बन्नेले यी दुवै धारका चरमपन्थीहरुबीच बराबर सम्पर्क कायम राख्न सक्नुपर्नेछ । यद्यपीः आईएसलाई केही समयसम्म बगदादीको कमी भने महशुस भैरहनेछ ।

जब विश्वभरका जिहादीहरुले आईएसप्रति निष्ठाको प्रतिज्ञा लिएका थिए, सो बेला उनीहरुले बगदादीलाई खलिफा इब्राहिम मान्दै निजप्रति निष्ठाको बचन दिएका थिए । बगदादीले आफुलाई पैगम्बर मोहम्मदको कुरैश जनजातिकै वंश भएको बताएका थिए । उनले मुसलको अन नुरी मस्जिदबाट बगावतको घोषणा गरेका थिए । पछि यो मस्जिदलाई विस्फोटकबाट उठाईएको थियो ।

बगदादी एक सिरियल बलात्कारी भएको पनि बताइन्छ । याजिदी महिला र बच्चाहरुलाई बगदादीले गुलाम बनाएका थिए र अमेरिकी सहायताकर्मी कायला मुलर तथा अन्य महिलामाथि जबर्जस्ती करणी गरेका थिए । 

बदलाको कोशिस 

अब इस्लामिक स्टेटले फेरि इराक र सिरियालाई निशाना बनाउन सक्छ । किनकी यो आतंकवादी संगठनका लागि सबैभन्दा सजिलो निशाना यही क्षेत्र हो । यहाँ हतियार र गोलाबारुदका साथै आत्मघाती दस्ताबाट हमला गराउन सजिलो मानिन्छ । 

जब आईएसले सिरियाको बागुजमा आफ्नो नियन्त्रण गुमाएको थियो, सो बेलादेखि नै उसले हमला जारी राख्ने कसम खाएको थियो । युरोप, अमेरिकी, उत्तरी अफ्रिका, अरब मुलुक र एसियाली देशहरुसमेत आईएसको निशानामा छन् । 

व्यक्तिगत तवरले हुने हमला र इन्टरनेटमार्फत कट्टरपन्थलाई बढाएर पनि आईएसले बगदादीको मृत्युको बदला लिन सक्नेछ । आईएसको निशानामा रहेको युरोपेली मुलुक फ्रान्सले त आफ्ना नागरिकका लागि सुरक्षासम्बन्धी चेतावनी समेत जारी गरिसेको छ । 

ठूलो हमला गर्न चाहेपनि आईएसका नेताहरुलाई यो थाहा छ कि जति ठूलो योजना हुन्छ, उति नै उसको योजनाबारे खुफिया एजेन्सीलाई जानकारी प्राप्त हुन्छ । यसकारण आउने दिनहरुमा यो समूहले सानै योजना र हतियारको प्रयोगमार्फत सानोस्तरको हमला गराउन सक्नेछ । यसअघि केही कमजोर देखिएर फेरि जाग्ने क्रममा आईएसले विश्वलाई नै स्तब्ध बनाउने हमलाहरु गराउने गरेको छ । 

बगदादीले इराकस्थित अमेरिकी शिविरमा रहँदा आफ्नो नेतृत्वमा अन्य जिहादीका साथ मिलेर अलकायदालाई सक्रिय बनाईदिएको थियो । तर यी दुई संगठनबीचमा अनेकन विषयमा असहमति छन् ।

सन् २०१६ मा अलकायदाबाट अलग भएको आईएसले विश्वभर आतंक मच्चाएको थियो । आइएसको अतिहिंस्रक क्रियाकलापका कारण मुस्लिम जगतले नै उसलाई विश्वास गर्न छाडेका छन् । 

तर यसले आईएसलाई खासै असर भने पर्ने छैन । किनकी यो आतंकवादी संगठनले मनोरोगी र क्रुर हिंसा गर्न चाहने अपराधी मनोवृत्तीका व्यक्तिहरुलाई भर्ती गरी उनीहरुमार्फत आतंकवादी हमला गराउने गरेको छ । 

(बीबीसी रक्षा संवाददाता फ्रैंक गार्डनरको विश्लेषण)
 


अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ
अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ

अष्ट्रेलिया । अष्ट्रेलियाको अध्यागमनले दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ ।  एक वर्षको मल्टीपल भिषा पाएका उनीहरू तीन महिनाको पहिलो बसाइँ सकिएपछि भिषा थप्न नजिकको गन्त..

इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'
इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खमेनीले इजरायललाई समाप्त पारिदिने चेतावनी दिएका छन् ।  मध्यपूर्वमा अमेरिकी प्रतिनिधीजस्तै रहेको इजरायलको अन्त्यलाई यहुदी..

इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प
इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प

काठमाडौं । इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान गएको ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको..

जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति
जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति

पाकिस्तान । भष्ट्राचार आरोपमा जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई इमरान खान नेतृत्वको सरकारले उपचारका लागि विदेश जान अनुमति दिएको छ । पाकिस्तानी क्याबिन..