प्रधानमन्त्री ओलीको मिर्गौला आज पनि डायलासिस गरिँदै, केही दिन अस्पतालमै बस्ने 


नेपालपाना प्रकाशित: २०७६-७-१४ गते
प्रधानमन्त्री ओलीको मिर्गौला आज पनि डायलासिस गरिँदै, केही दिन अस्पतालमै बस्ने 

काठमाडौं । उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलासिस गरिँदैछ । 

मिर्गौलाले कामै गर्न छाडेपछि हिजो (बुधबार) धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका ओलीको दिउँसो दुई बजे पनि मिर्गौला डायलासिस गरिएको थियो । निरन्तर केही पटक मिर्गौला डायलासिस गर्नुपर्ने भएपछि प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहनेछन् । 

प्रधानमन्त्रीका निजी चिकित्सक र ग्राण्डी अस्पतालले निकालेको विज्ञप्तिमा भने प्रधानमन्त्रीको मिर्गौला डायलासिसबारे केही उल्लेख गरिएको छैन । सो विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक परीक्षण सम्पन्न भएपछि आज (बिहिबार) बेलुकी अस्पतालबाट डिस्चार्ज गरिने उल्लेख छ । 

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा हानिकारिक क्रेटिनाइनको मात्रा बढी देखिएकाले थप डायलासिस गर्न लागिएको हो । साथै, संक्रमणको उच्च जोखिम रहेकाले प्रधानमन्त्री ओलीलाई कडा खालको एन्टीबायोटिक समेत दिईएको छ । 

१२ बर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले त्यसयता स्वदेश र विदेशमा निरन्तर स्वास्थ्यपरीक्षण गराउँदै आएका छन् । गत साउन र भदौमा सिङ्गापुर पुगेर उपचार गराएका ओलीले नियमित स्वास्थ्य परीक्षण भने त्रिवि शिक्षण अस्पतालमा गराउँदै आएका छन् । यसपटक भने उनी उपचारका लागि ग्राण्डी अस्पताल पुगेका हुन् ।

सिङ्गापुरमा प्रधानमन्त्री ओलीले 'एन्टीबडी' र 'प्लाज्मा फेरेसिस' गराएका थिए । मिर्गौला प्रत्यारोपणपछि चिकित्सकहरुले भीडभाडबाट टाढा रहन र धपेडी नगर्न सल्लाह दिएपनि प्रधानमन्त्री ओलीले नियमित रुपमा विभिन्न कार्यक्रममा सहभागीता जनाउने र प्रधानमन्त्री एवं (नेकपा)को पार्टी अध्यक्षका हैसियतमा सक्रियता देखाईरहेका छन् ।

मिर्गौला डायलाइसिसका लागि ग्राण्डी अस्पताल भर्ना हुनुअघि तिहारमा पनि प्रधानमन्त्री ओली सिस्नोपानी नेपालले आयोजना कार्यक्रममा सहभागी भएका थिए । 


नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास
नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको दार्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६३ प्रतिशत विद्यार्थी उत्तिण भएका छन् । परीक्षामा सहभागि भएका एक हजार ७ सय विद्यार्थीमध..

किड्नीले काम गर्न छाडेपछि प्रधानमन्त्री आइसियूमा, अझै दुईपटक डायलाइसिस गर्नुपर्ने
किड्नीले काम गर्न छाडेपछि प्रधानमन्त्री आइसियूमा, अझै दुईपटक डायलाइसिस गर्नुपर्ने

काठमाडौं । किडनी (मिर्गौला) ले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रान्डी अस्पतालले आइसीयूमा राखेको छ । हिजो (बुधबार) दिउँसो दुई बजेतिर ओलीको आकस्मिक डायलाइस..

कोरियाले नेपालमा स्वास्थ्य बीमा प्रोजेक्ट चलाउने
कोरियाले नेपालमा स्वास्थ्य बीमा प्रोजेक्ट चलाउने

काठमाडौं । कोरियाले नेपालमा नेसनल हेल्थ इन्स्योरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने भएको छ ।  नेपालमा स्वास्थ्य बीमा कार्यक्रमलाई जनसमक्ष प्रभावकारी बनाउन उक्त प्रोजेक..

अमला मानव शरिरको लागि औषधीय साबित, जानौं अमलाका गुणहरु:
अमला मानव शरिरको लागि औषधीय साबित, जानौं अमलाका गुणहरु:

एजेन्सी । फलमध्येमा पर्ने अमला मानव शरिरको लागि औषधीय साबित भएको छ । जानौं अमलाका गुणहरु: -अमलामा पानीको मात्रा हुन्छ, जसले पिसाबसम्बन्धी समस्या हटाउन मद्दत गर्छ ।अमलाले..