युद्धरत हुथी विद्रोहीहरुले कम्तीमा चार हजार सुडानी सैनिक मारिए


नेपाल पाना प्रकाशित: २०७६-७-१७ गते
युद्धरत हुथी विद्रोहीहरुले कम्तीमा चार हजार सुडानी सैनिक मारिए

यमन । युद्धरत हुथी विद्रोहीहरुले कम्तीमा चार हजार सुडानी सैनिक मारिएको दाबी गरेका छन् ।  

साउदी नेतृत्वको गठनबन्धनमा रहेर हुथी विरुद्ध लड्दै आएका सुडानी सैनिकहरु मारिएको हुथीका एक जना सैनिक प्रवक्ताले शनिबार जानकारी दिएका छन् । उनका अनुसार यो संख्या सन् २०१५ देखि अहिलेसम्मको मात्रै हो । 

‘लडाईका क्रममा हाम्रा सेनाले सयौं सुडानी सेनालाई नियन्त्रणमा लिएको छ,’ हुथी विद्रोहीले सञ्चालन गरेको अल मसिराह टेलिभिजनसँगको कुराकानीमा हुथी सैन्य प्रवक्ता यह्या सरेयले भने ।  हुथी विद्रोहीको दाबीका बारेमा सुडानी सरकार तथा गठनबन्धनको तर्फबाट भने कुनै जानकारी दिइएको छैन ।  

सुडानले साउदी गठबन्धनलाई सहयोग गर्न सन २०१५ देखि यमनमा सैनिक पठाएको छ ।  यस युद्धका क्रममा दशौँ हजार नागरिक मारिएका छन् भने दुई करोडभन्दा धेरै यमनी भोकमरीमा परेको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् ।

यमनका लागि राष्ट्रसंघका विशेषदूत मार्टिन ग्रिफिथले सन् २०१८ मा युद्धरत पक्षहरुबीच स्टकहोममा भएको शान्ति सम्झौता कार्यान्वयन गर्न साउदी सरकार र हुथी विद्रोहीबीच निरन्तर सम्पर्क स्थापित गर्न प्रयास भइरहेको जानकारी दिएका छन् ।–सिन्ह्वा


अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ
अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ

अष्ट्रेलिया । अष्ट्रेलियाको अध्यागमनले दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ ।  एक वर्षको मल्टीपल भिषा पाएका उनीहरू तीन महिनाको पहिलो बसाइँ सकिएपछि भिषा थप्न नजिकको गन्त..

इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'
इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खमेनीले इजरायललाई समाप्त पारिदिने चेतावनी दिएका छन् ।  मध्यपूर्वमा अमेरिकी प्रतिनिधीजस्तै रहेको इजरायलको अन्त्यलाई यहुदी..

इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प
इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प

काठमाडौं । इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान गएको ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको..

जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति
जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति

पाकिस्तान । भष्ट्राचार आरोपमा जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई इमरान खान नेतृत्वको सरकारले उपचारका लागि विदेश जान अनुमति दिएको छ । पाकिस्तानी क्याबिन..