अमेरिकी रिपोर्ट भन्छ: चरमपन्थीहरुलाई 'फन्डिङ' रोक्न पाकिस्तान बिफल, न्युयोर्कले गर्न सक्छ यस्तो निर्णय !


नेपालपाना प्रकाशित: २०७६-७-१८ गते
अमेरिकी रिपोर्ट भन्छ: चरमपन्थीहरुलाई 'फन्डिङ' रोक्न पाकिस्तान बिफल,  न्युयोर्कले गर्न सक्छ यस्तो निर्णय !

काठमाडौँ । लश्कर–ए–तैयबा र जैश– ए– मोहम्मद जस्ता चरपन्थी संगठनको आर्थिक स्रोत रोक्न पाकिस्तान विफल रहेको अमेरिकी विदेश विभागको तर्फबाट जारी एक रिपोर्टमा जनाइएको छ । 

अमेरिकी विदेश विभागले संसदको प्रस्तावमा २०१८ का लागि तयार गरेको चरमपन्थी क्रियाकलापमा आधारित वार्षिक रिपोर्टमा पाकिस्तान चरमपन्थी संगठनको ‘फन्डिङ’ रोक्न विफल रहेको उल्लेख गरिएको हो ।

यसअघि चरपन्थीलाई प्राप्त हुने वित्तिय सहयोगको निगरानी गर्ने एजेन्सी फाइनेन्सियल एक्शन टास्क फोर्सले पनि ठोस कारवाही गर्नका लागि पाकिस्तानलाई चार महिनाको समय दिएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष वैश्विक आतंकवादमा माथि आफ्नो रिपोर्ट पेश गर्ने गरेको छ । यसमा विश्वभरमा घटेको चरम्पन्थी घटनाबारे उल्लखे हुने गरेको छ । यसका साथै कुन देश के गर्दै छ त्यसबारेमा पनि उल्लेख गरिएको हुन्छ ।

यस रिपोर्टको आधारमा अमेरिकी संसदले यी देशलाई दिँदैआएको आर्थिक सहयोग बारे फैसला लिने गर्छ ।

रिपोर्टका अनुसार पाकिस्तानले दुई कुरा गरेको छ । एक त पाकिस्तानले आफ्नो जमिन माथि चलिरहेको चरपन्थी गुटका विरुद्धमा कारवाही गर्न असफल देखियो भने अर्को पाकिस्तानमा चरपन्थी संगठनका लागि खुले आम धन जुटाउने काम हुन्छ । त्यसलाई रोक्नका लागि पाकिस्तान सरकारले कुनै कदम उठाएको छैन ।


अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ
अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ

अष्ट्रेलिया । अष्ट्रेलियाको अध्यागमनले दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ ।  एक वर्षको मल्टीपल भिषा पाएका उनीहरू तीन महिनाको पहिलो बसाइँ सकिएपछि भिषा थप्न नजिकको गन्त..

इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'
इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खमेनीले इजरायललाई समाप्त पारिदिने चेतावनी दिएका छन् ।  मध्यपूर्वमा अमेरिकी प्रतिनिधीजस्तै रहेको इजरायलको अन्त्यलाई यहुदी..

इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प
इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प

काठमाडौं । इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान गएको ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको..

जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति
जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति

पाकिस्तान । भष्ट्राचार आरोपमा जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई इमरान खान नेतृत्वको सरकारले उपचारका लागि विदेश जान अनुमति दिएको छ । पाकिस्तानी क्याबिन..