लेष्टर सिटीद्वारा क्रिष्टल प्यालेस पराजित


नेपाल पाना प्रकाशित: २०७६-७-१८ गते
लेष्टर सिटीद्वारा क्रिष्टल प्यालेस पराजित

काठमाडौं । क्रिष्टल प्यालेसलाई हराउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । गएराती क्रिकष्ट प्यालेसको मैदानमा भएको खेलमा पाहुना टोली लेष्टर सिटीले २-० ले विजयी भयो ।

खेलमा लेष्टर सिटीलाई विजयी गराउन सेग्लार सोयुन्चु र जेमी भार्डीले एक एक गोल गरे । जितसँगै लेष्टर सिटीले ११ खेलबाट २३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीलाई उछिनेको छ ।

दुवै टोलीको समान २३ अंक भएपनि गोल अन्तरको आधारमा लेष्टर तेस्रो तथा चेल्सी चौथो स्थानका रहेका छन् । शीर्ष स्थानको लिभरपुलको ३१ अंक छ भने २५ अंकका साथ म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा गएराती एभर्टन र टोटनह्याम हट्सपरले १-१ गोलको बराबरी खेलेका छन् । खेलमा टोटनह्यामका डेले अलीले पहिलो गोल गरेपनि एभर्टनका सेन्क टोसुनले इन्जुरी समयमा एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । एजेन्सी


च्यालेन्जर्स कप: नेपालले पायो २५९ रनको लक्ष्य
च्यालेन्जर्स कप: नेपालले पायो २५९ रनको लक्ष्य

काठमाडौं । च्यालेन्जर्स कपमा नेपाली यू १९ ले २५९ रनको लक्ष्य पाएको छ ।  भारतमा भइरहेको जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारत पहेँलोले निर्धारित ५० ओभरका खेलमा ६..

सचिन तेन्दुल्कर काठमाडौं आइपुगे, कीर्तिपुरमा क्रिकेट खेल्ने
सचिन तेन्दुल्कर काठमाडौं आइपुगे, कीर्तिपुरमा क्रिकेट खेल्ने

काठमाडौं । युनिसेफको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन भारतका पूर्व–क्रिकेटर सचिन तेन्दुल्कर काठमाडौं आइपुगेका छन् । शुक्रबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा त..

एसिया कप: नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य
एसिया कप: नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतलाई १९४ रनको लक्ष्य दिएको छ ।  उसले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ । बंगलादेशमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले..

एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल 
एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल 

काठमाडौं ।  बंगलादेशमा आजदेखि शुरु भएको एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत पहिले खेलमा अहिले नेपालले भारतविरुद्ध प्रतिष्पर्धा गरिरहेको छ ।  बंगलादेशको..