सी जिनपिङको भ्रमणको एक महिना नहुँदै चीनले देखायो 'औकात', नेपालमा खाद्यान्न नाकाबन्दी


नेपालपाना प्रकाशित: २०७६-७-२० गते
सी जिनपिङको भ्रमणको एक महिना नहुँदै चीनले देखायो 'औकात', नेपालमा खाद्यान्न नाकाबन्दी

रसुवा । चीनले रसुवा नाका हुँदै नेपालबाट निर्यात हुने खाद्य सामग्रीमा रोक लगाएको छ । भाषाको कारण देखाउँदै दुई महिनादेखि चिनियाँ पक्षले नेपाली खाद्य सामग्री निर्यातमा रोक लगाएको हो । चीन निर्यात हुने खाद्य सामग्रीमा चिनियाँ भाषामा लेबल लेखिनुपर्ने भन्दै रोक लगाएको निर्यातकर्ता निमा तामाङले बताए । उनले भने, ‘नेपालबाट चीनतर्फ जाने खाद्य सामग्री २ महिनादेखि लैजान रोक लगाएको छ, त्यसैले अहिले चीनतर्फ सामान लैजान सकेका छैनौँ ।’

चिनियाँ भाषामा मात्रै लेखिएका सामग्री आयातमा नेपाली पक्षले जाँचपाँस गर्न छाडेपछि चिनियाँ पक्षले बदलामा नेपाली वस्तुको प्रवेशमा अवरोध गरेको बताइएको छ । व्यापारी तामाङले भने, ‘पहिला–पहिला चिनियाँ सामान नेपाल आउँदा चिनियाँ भाषामा लेखेको हुन्थ्यो, अनि नेपाली पक्षले भन्सार तथा क्वारेन्टाइनमा भाषा नबुझेपछि उत्पादन मिति, उपभोग गर्नुपर्ने अन्तिम मिति, अंग्रेजीमा लेखेर ल्याउनु भनेसँगै त्यसैको प्रतिक्रियामा नेपाली खाद्य वस्तुको लेबल पनि चिनियाँ भाषामा ल्याउन भनेछन् । चीन सरकारले रोक लगाएको छ भनेर उनीहरूले भनेका छन्, खै के हो, बुझ्नै सकिएन ।’

निर्यातमा अवरोध भएपछि नेपाली खाद्य सामग्री सहजै चीन निर्यात गर्न पाउनुपर्ने माग गर्दै व्यापारीहरूले भन्सार प्रमुखसँग माग गरेका छन् । अर्का व्यापारी छेदेन तामाङले भने, ‘अहिलेसम्म सामान पठाउन सकेको छैन्, जसले गर्दा एक्सपोर्टलाई धेरै असर परेकोे छ, भन्सारमा तिर्नुपर्ने रकम त हामीले तिरेकै छौँ ।’ 

चिनियाँ सामग्रीमा लेखिएको चिनियाँ भाषा नबुझ्दा गुणस्तरलाई ध्यान दिँदै चिनियाँ भाषामा मात्र लेखिएको सामान फिर्ता गर्ने गरेको रसुवागढी भन्सार कार्यालयका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए । उनले भने, ‘चिनियाँ सामानमा सबै चिनियाँ भाषा हुन्छ, अनि म्याद गुज्रेको हो–होइन, थाहा हुँदैन, सोही कारण अंग्रेजीमा खुलाएका सामान मात्र ल्याउन भनेका थियौं, हाम्रोमा नेपाली तथा अंग्रेजीमा मात्रै लेबलिङ हुनुपर्ने प्रावधान छ, हामीले अंग्रेजीमा मात्र भनेका हौँ, नेपालीमै हुनुपर्छ भनेको छैन् ।’ 

नेपालबाट चाउचाउ, घिउ, चकलेट, मैदा, चिउरालगायतका खाद्य सामग्री चीनतर्फ निर्यात हुने गर्छ । अहिले नेपालबाट हस्तकलाका सामान मात्र निर्यात गर्न पाएको व्यापारीहरूले बताएका छन् । व्यापारी निमा तामाङले भने, ‘पहिला   महिनामा ८० भन्दा बढी गाडीमा नेपाली वस्तुहरू चीनतर्फ जान्थ्यो, तर अहिले २ महिनाजति भयो, जम्मा १३ वटा गाडीमा  हस्तकलाका सामान मात्र गएको छ ।’ 

चीनको केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्बल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय सामग्रीलगायत भित्रिने गरेको छ । ०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ ।


बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड
बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड

काठमाडौं । बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड दिएको छ ।  देश संघीयतामा गइसके पनि बैदेशिक रोजगारीका अधिकाशं संयन्त्र केन्द्रिकृत हुदाँ सेवा ग्राहीले सहजत..

सर्वोच्चले रिट निवेदनलाई ‘अग्राधिकार’ दिंदै सरकारसँग माग्यो सीमा रक्षा गर्न नसक्नुको कारण
सर्वोच्चले रिट निवेदनलाई ‘अग्राधिकार’ दिंदै सरकारसँग माग्यो सीमा रक्षा गर्न नसक्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई भारतले सीमाना मिच्दा आफ्नो जमिनको रक्षा गर्न नसक्नुको कारण माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजलासले शुक्रबार रिट..

अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा फहराइयो, विद्यार्थी र एसएसबीबीच ढुंगा हानाहान 
अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा फहराइयो, विद्यार्थी र एसएसबीबीच ढुंगा हानाहान 

इलाम । भारतले नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाउँदै आएको अनेरास्ववियु इलामले सन्दकपुरमा प्रदर्शन गरेको छ । भारतले दसगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्..

चिकित्सा शिक्षामा शुल्क आतङ्क, फिर्ता गर्ने सुरसार छैन्
चिकित्सा शिक्षामा शुल्क आतङ्क, फिर्ता गर्ने सुरसार छैन्

काठमाडौं । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक विविध शीर्षकमा ठूलो रकम असुल्दा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी चर्को मर्कामा परेका छन् । अतिरिक्त शुल्क आतङ..