अब काठमाडौंमा शैक्षिक माफियाले एकछत्र गर्न पाउने, मेयर विद्यासुन्दरको यस्तो निर्णय 


नेपालपाना प्रकाशित: २०७६-७-२१ गते
अब काठमाडौंमा शैक्षिक माफियाले एकछत्र गर्न पाउने, मेयर विद्यासुन्दरको यस्तो निर्णय 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र अब कुनै पनि नयाँ विद्यालय खोल्न नदिने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने दाबी गर्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अबदेखि अनुमति नै नदिने भएको छ । 

मेयर विद्यासुन्दर शाक्यले अहिले महानगर हाँकिरहेका छन् । महानगरको यो निर्णयसँगै काठमाडौं महानगरपालिकाभित्र अब शैक्षिक माफियाहरुले मनलाग्दी गर्ने जोखिम बढेको छ । महानगरले नयाँ विद्यालय खोल्न नदिँदा थप प्रतिष्पर्धा गर्नुनपर्ने र यसैको बहानामा विभिन्न शीर्षकमा थप शुल्क असुल्ने बाटो पनि खुलेको छ । 

विशेषगरी निजी बोर्डिङ स्कूलहरुले अब अभिभावकहरुबाट मनलाग्दी लुट्ने बाटो खुलेको छ । विद्यार्थी सङख्याको अनुपातमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको महानगरको शिक्षा विभागले तर्क गरेको छ ।

हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालनमा छन्। ती विद्यालयमा एक लाख ६५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन्। यसमध्ये एक लाख ५८ हजार ९७१ जना संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन्।


अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 
अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 

अर्घाखाँची । यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन।  सन्धिखर्कबाट प्युठानतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा..

देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा
जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि थाप..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..