भावी प्रधानमन्त्रीमा पोखरेलको भाग्य बलियो, प्रचण्डका खराब दिन शुरू


नेपाल पाना प्रकाशित: २०७६-७-२१ गते
भावी प्रधानमन्त्रीमा पोखरेलको भाग्य बलियो, प्रचण्डका खराब दिन शुरू

काठमाडौं । भावी प्रधानमन्त्रीका रुपमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता ईश्वर पोखरेल अगाडि देखिएपछि दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छटपटी शुरु भएको छ ।

भावी प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका प्रचण्डलाई प्रधानमन्त्री पद पाउन त्यति सजिलो छैन । स्रोतका अनुसार उपप्रधान एवम् रक्षामन्त्री समेत रहेका पोखरेललाई चीनले साथ दिएको छ ।

पार्टीमा पनि स्कूल विभागको प्रमुख रहेका पोखरेललाई चिनियाँहरूले रुचाएका छन् । चिनियाँहरूले पोखरेललाई नै भावी प्रधानमन्त्रीका रुपमा हेरेको चर्चा धुम्बाराहीतिर हुन थालेको छ । पोखरेल निकटका एक जना नेताले पनि पोखरेलाई नयाँ प्रधानमन्त्रीका रुपमा पूर्वएमाले नेताहरूले लिएको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुनु अगाडि पोखरेलले सी बिचारधारामा नेकपाले अंगाल्ने गरेर काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टीका शक्तिशाली नेताहरूलाई राखेर प्रशिक्षण नै चलाएपछि चीनले पोखरेललाई रुचाएको हो ।

पोखरेललाई चीनले रुचाएको थाहा पाएपछि प्रचण्डलाई तनाब बढ्न थालेको छ । प्रचण्डले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा बाँकेमा दुई दिन अगाडि बोलिसकेका छन् । प्रचण्डलाई एमाले पृष्ठभूमि भएका नेताहरूले साथ दिने छाँटकाँट छैन ।

प्रचण्डलाई चीन र भारत दुबैले विश्वास गर्न सकेका छैनन् । प्रचण्डलाई अन्तर्राष्ट्रिय शक्तिहरूको साथ भएन भने प्रधानमन्त्री बन्न गाह्रो हुने चर्चा धुम्बाराहीतिर हुन थालेको छ । पोखरेलले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री र नेकपाको स्कूल विभागको प्रमुख भएका बेला अन्तर्राष्ट्रिय शक्तिहरूलाई पनि रिझाउने प्रयास गरिरहेका छन् । ओली निकटका पोखरेलको राजनीतिक भविष्य नेकपाभित्र उज्जवल हुँदै गएको चर्चा छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल पर्ख र हेरको नीतिमा छन् । उनले मुख खोल्न चाहेका छैनन् । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीको पेलानमा परेका नेता नेपालले कसलाई साथ दिने भनेर बोलेका छैनन् । स्रोतका अनुसार नेता नेपाले प्रचण्डलाई भन्दा पनि एमाले पृष्ठभूमि भएकै नेताहरूलाई साथ दिन सक्ने दाबी गरिएको छ । 

नेता नेपाललाई पूर्वमाओवादीहरूले भन्दा पनि पूर्वएमाले नेताहरूले नै साथ दिनेछन् । अहिलेसम्मको नेकपाभित्रको राजनीतिक अवस्था हेर्दा सबै कुराहरूले पूर्वएमाले नेताहरू एक ठाउँमा आउने देखिएको छ ।

यदि पूर्वएमाले नेताहरू एक ठाउँमा आए भने सत्तारुढ नेकपा सग्लो रहनेछैन । पूर्वमाओवादी निकटका एक जना केन्द्रीय सदस्यले भने, ‘अहिलेसम्मको सबै निर्णय र प्रक्रियाहरू हेर्दा पूर्वएमालेहरूले नै पूर्वमाओवादीलाई पेल्दै आएको देखिएको छ । भविष्यमा पनि यस्तै अवस्था रह्यो भने सग्लो पार्टीको भविष्यका बारेमा केही भन्न सकिँदैन ।’


देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..

काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो
काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर-१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ । प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया..

सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"
सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"

काठमाडौं । भारत र चीनले कैयौं स्थानमा सीमा मिच्दा वक्तव्य निकालेर बेतुकको भाषण गरेको भन्दै सत्तारुढ दलकी सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकी छिन् ।  विद्या..