विद्या भट्टराईको सामन्ती पाराः माननीय नहुँदै झोला बोकाउँदै


नेपालपाना प्रकाशित: २०७६-७-२१ गते
विद्या भट्टराईको सामन्ती पाराः माननीय नहुँदै झोला बोकाउँदै

काठमाडौं । कम्युनिस्ट भन्नाले सर्वहार वर्गको उत्थानका लागि लड्ने शक्ति भन्ने बुझिन्छ । खासमा कम्युनिस्ट भनेकै सबै बराबरी हो, सर्वहाराको अर्थ नै बराबरी हो । तर, कम्युनिस्ट पार्टीबाट चुनाव लड्ने तयारीमा रहेकी कास्की २ की उम्मेदवार विद्या भट्टराईले भने सामन्ती पारा देखाउन सुरु गरेकी छिन् ।

विद्यार्थी राजनीतिबाट उदाएका तथा सादा जीवन उच्च विचार भएका नेता स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी भट्टराईको भने उम्मेदवार मनोनयन दर्ताकै क्रममा सुटबुट लगाएर अर्कालाई झोला बोक्न लगाएर हिडेको तस्बिर सार्वजनिक भएको छ । जसको आलोचना समेत सुरु भइसकेको छ ।

स्वर्गीय पतिको विरासत सम्हाल्न अग्रसर विद्याले रवीन्द्रको सादा जीवन र उच्च विचारको शैलीलाई पछ्याएको देखिँदैन । विरासत लिन त पतिको सबै गुण उनले अपनाउनुपर्ने हो । तर उनी जनप्रतिनिधि बन्नुअघि नै ठाटिएर हिड्न थालेकी छिन् । यसबाट उनी भोलि सांसद भइहालिन भने थप सामन्ती बन्न सक्ने खतरा छ, जून कम्युनिस्ट चरित्रको विपरित हो ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाबाट जुत्ता बोकाएपछि चर्काे आलोचना भएको थियो।


देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..

काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो
काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर-१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ । प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया..

सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"
सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"

काठमाडौं । भारत र चीनले कैयौं स्थानमा सीमा मिच्दा वक्तव्य निकालेर बेतुकको भाषण गरेको भन्दै सत्तारुढ दलकी सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकी छिन् ।  विद्या..