‘होम गेम’का लागि भुटानलाई प्रस्ताव


नेपाल पाना प्रकाशित: २०७६-७-२१ गते
‘होम गेम’का लागि भुटानलाई प्रस्ताव

काठमाडौं । विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को छनौटअन्तर्गत कुवेतसँगको ‘होम गेम’का लागि नेपालले भुटानलाई ‘न्युट्रल भेन्यु’का रुपमा प्रस्ताव गरेको छ ।

नेपाल र कुवेतबीचको खेल आगामी मंसिर ३ गतेका लागि तोकिएको छ । यसअघि नेपाल फुटबल संघले काठमाडौंको दशरथ रंगशालामा नै खेल सञ्चालन गर्ने गरी तयारी शुरु गरेको जनाएको थियो । तर, एसियाली फुटबल महासंघ ९एएफसी०ले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण पछि उक्त मैदानमा खेल सञ्चालन गर्न नसकिने जनाएको छ ।

एएफसीले बिहीबार मात्रै नेपाल फुटबल संघ (एन्फा)लाई पत्र लेखेर नेपाल र कुवेतबीचको खेल काठमाडौंमा गर्न नसकिने जानकारी दिएको हो । वेतसँगको ‘होम’ गेमका लागि नेपालले दशरथ रंगशालालाई एउटा मात्रै ‘भेन्यु’मा राखेको थियो ।

एन्फाले कुवेतसँगको खेल घरेलु मैदानमै सञ्चालनका लागि भनेर एएफसीलाई पत्राचार गरेको थियो । एन्फाको पत्राचारपछि यही सोमबार एएफसीको एक टोलीले दशरथ रंगशालाको स्थलगत निरीक्षण गरेको थियो । तर, निरीक्षणको क्रममा नै एएफसीको टोलीले दशरथ रंगशालाको अवस्था र जारी तयारीप्रति असन्तुष्टि जनाएको थियो ।

एएफसीले पठाएको पत्रमा दशरथ रंगशालाको मैदान खेल सञ्चालनका लागि उपयुक्त नभएको उल्लेख गरिएको छ । एन्फाका प्रवक्ता किरण राईले कुवेतसँगको खेलका लागि भुटानलाई ‘न्युट्रल भेन्यु’का रुपमा प्रस्ताव गरिएको बताए । उक्त प्रस्तावमा एएफसीले सहमति जनाए नेपाल र कुवेतबीचको खेल भुटानमा हुने छ ।


नेपालले टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने
नेपालले टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने

काठमाडौं । नेपालले टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खे..

एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित
एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको..

सर्वश्रेष्ठ खेलाडी सादियोकाे हातमा फुटेको मोवाइल !
सर्वश्रेष्ठ खेलाडी सादियोकाे हातमा फुटेको मोवाइल !

काठमाडौं । पश्चिम अफ्रिकाका चर्चित फुटवल खेलाडी सादियो मानेले आफ्ना देशका लागि निकै महत्वपूर्ण योजनाका कार्यहरु गरेका छन् ।  २७ बर्षिय सादियोले विश्व प्रसिद्ध फुट..

श्रीलङ्काविरुद्धको दोस्रो टी–२० मा भारतको विजयी
श्रीलङ्काविरुद्धको दोस्रो टी–२० मा भारतको विजयी

काठमाडौं । भारतको इन्डोरमा मङ्गलबार राति भएको श्रीलङ्काविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ ।  भारतले पाहुना टोली श्रीलङ्कालाई सात..