चीनियाँ जहाजले काठमाडौंमा प्रत्येक साता ४८ वटा उडान भर्दै, तर गोञ्जाउमा किन रोक्दैछ एनएसीलाई ?


प्रकाशित: २०७६-७-२१ गते
चीनियाँ जहाजले काठमाडौंमा प्रत्येक साता ४८ वटा उडान भर्दै, तर गोञ्जाउमा किन रोक्दैछ एनएसीलाई ?

काठमाडौं । नेपाली राष्ट्रियताका सवालमा दक्षिणी छिमेकी भारत तारोमा परिरहँदा उत्तरी छिमेकी चीनप्रति धेरैको चासो रहँदैन । तर नेपालीहरुले भारतको सट्टा चीनलाई भरपर्दो छिमेकी ठानिरहँदा आकाशमै चीनले हर्कत देखाईरहेको छ । 

चीनियाँ विमानले नेपालमा साताको ४८ वटासम्म उडान भर्ने गरेको छ । तर अहिलेसम्म नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (एनएसी)का विमानलाई गोञ्जाउसम्म उडान भर्न चीनले पर्मिट नै दिएको छैन । 

चीनमा उडान भर्नका लागि एनएसीको सेफ्टी अडिट गर्नुपर्छ । तर चीनले ३ पटकसम्म यो अडिटमा ढिलाई गरिदिएको छ । हिमालपार उडान भर्ने नयाँ वायुसेवा कम्पनी बन्न एनएसीले अहिले पनि चीनियाँ नागरिक उड्ययन प्राधिकरणको स्वीकृति पर्खेर बसेको छ । 

सन् २०१५ मै एनएसीले काठमाडौं–गोञ्जाउसम्म उडान भर्न निवेदन दिएको थियो । तर सेफ्टी अडिटमा ढिलाई गरिदिँदा नेपाली ध्वजाबाहक एनएसीले अहिलेसम्म चीनका विमानस्थलमा पहुँच पाउन नसकेको हो । 

चीनले डिसेम्बरसम्मका लागि फेरि एनएसीको सेफ्टी अडिट रोकिदिएको छ । अर्थात, चीनियाँ राष्ट्रपति सि चिनफिङ्गको भ्रमणलगत्तै हिमालपार चीनियाँ भूमीसम्म उडान भर्ने अपेक्षामा चीनले फेरि चिसो पानी खन्याईदिएको छ । सेप्टेम्बरमै शुरु गरिएको सेफ्टी अडिटलाई चीनियाँ नियामकले अक्टोबरमा धकेलेको थियो । फेरि नोभेम्बर हुँदै यो पटक एकमहिना पछि धकेलिदिएको छ । 

नेपाल एअरलाइन्सले सेफ्टी अडिटका लागि आवश्यक सबै प्रकृया पुरा गरेपनि चीनले अहिलेसम्म अडिट गर्ने टीम नेपाल पठाएको छैन । मार्चदेखि नै गोञ्जाउ उडान भर्ने योजना पनि चीनियाँ पक्षको ढिलाईले नै रोकिने संकेत देखिएको निगमस्रोत बताउँछ । 

नेपालले सन् २०२० लाई भ्रमण बर्षका रुपमा मनाउने योजना अघि सारेको छ । नेपालमा चीनियाँ पर्यटकहरुको आकर्षण समेत बढिरहेको छ । भ्रमण बर्ष अवधिभर नेपालले चीनबाट मात्रै ३ लाख ५० हजार पर्यटक भित्र्याउने अपेक्षा राखेको छ । चीनियाँ पर्यटकलाई आफ्नै विमानबाट नेपाल भित्र्याउन एनएसीले कोशिस गरिरहेको छ । तर चीनले सेफ्टी अडिटको निर्णय नदिँदा भ्रमण बर्षका लागि आकर्षक गन्तव्य चीनमा उडान भर्ने निगमको योजना अलपत्र पर्ने देखिन्छ । डिसेम्बरमा पनि चीनले नेपाली वायुसेवालाई उडान अनुमति दिने÷नदिनेबारे अझै अनिश्चित छ । 

चीनले नेपाल एअरलाईन्सको सेफ्टी अडिटका लागि तीन अडिटर्सलाई जिम्मा दिएका छन् । तर उनीहरु अन्यत्र नै व्यस्त रहेको र नेपाललाई प्राथमिकतामै नराखेको देखिन्छ । साथै, बेईजिङ्गस्थित न्यु डाक्सिन अन्तराष्ट्रिय विमानस्थलसम्म उडान भर्न अनुमतिका लागि दिएको निवेदनलाई पनि चीनले अस्वीकार गरिदिएको छ । 

कुनै पनि विमानसेवालाई शुरुमा आफ्नो भूमीमा उडान गर्न दिनुअघि हरेक मुलुकले नियमित प्रकृयाका रुपमा सेफ्टी अडिट गर्ने गर्छन् ।


श्रीमानसंगै सुतेकी श्रीमती कसरी झुण्डिइन् ?, प्रहरी परिसरमै लाठीचार्ज
श्रीमानसंगै सुतेकी श्रीमती कसरी झुण्डिइन् ?, प्रहरी परिसरमै लाठीचार्ज

पोखरा । ममता मल्लको हत्या कि आत्महत्या भन्ने सम्बन्धमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । २४ वर्षिय मल्लको मृत्यु प्रकरणको विषयलाई लिएर माईति पक्षले छनविनको माग..

सिन्धुपाल्चोक बस दुर्घटना: मृत्यु हुनेको संख्या १५ पुग्यो, १७ जना घाइते 
सिन्धुपाल्चोक बस दुर्घटना: मृत्यु हुनेको संख्या १५ पुग्यो, १७ जना घाइते 

काठमाडौँ । दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७  स्थित ६ किलोमा दुर्घटना हुँदा मृत्यु हुने..

दक्षिणी फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
दक्षिणी फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

मनिला । फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए । फिलिपिन्..

नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु
नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन् ।..