भारतीय नक्साबाट नेपाली भूमि हटाउन माग गर्दै भारतीय दूतावासमा ज्ञापन पत्र


नेपाल पाना प्रकाशित: २०७६-७-२१ गते
भारतीय नक्साबाट नेपाली भूमि हटाउन माग गर्दै भारतीय दूतावासमा ज्ञापन पत्र

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै बिहीबार भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ । 

विसंघले बिहीबार काठमाण्डौको लैनचौरमा रहेको भारतीय दूतावासमा पुगेर नेपाली भूमि भारतको नक्साबाट हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउने क्रममा नेविसंघका नेता तथा कार्यकर्ताहरुले भारतीय दूतावास अगाडि ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्दै भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

कालापानीलगायतका नेपाली भूमि समावेश गरिएको भारतीय नक्सा सार्वजनिक भएपछि नेविसंघले त्यसको विरोधमा भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको हो । विरोध प्रर्दशनमा तत्काल भारतीय नक्साबाट नेपाली भूमि हटाउन पनि माग गरिएका प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थियो ।


श्रीमानसंगै सुतेकी श्रीमती कसरी झुण्डिइन् ?, प्रहरी परिसरमै लाठीचार्ज
श्रीमानसंगै सुतेकी श्रीमती कसरी झुण्डिइन् ?, प्रहरी परिसरमै लाठीचार्ज

पोखरा । ममता मल्लको हत्या कि आत्महत्या भन्ने सम्बन्धमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । २४ वर्षिय मल्लको मृत्यु प्रकरणको विषयलाई लिएर माईति पक्षले छनविनको माग..

सिन्धुपाल्चोक बस दुर्घटना: मृत्यु हुनेको संख्या १५ पुग्यो, १७ जना घाइते 
सिन्धुपाल्चोक बस दुर्घटना: मृत्यु हुनेको संख्या १५ पुग्यो, १७ जना घाइते 

काठमाडौँ । दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७  स्थित ६ किलोमा दुर्घटना हुँदा मृत्यु हुने..

दक्षिणी फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
दक्षिणी फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

मनिला । फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए । फिलिपिन्..

नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु
नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन् ।..