हाउजिङ्गको घर दिने भन्दै व्यापारी रुप ज्योतीले यसरी ठगेका थिए सर्वसाधारणको तीन करोड 


नेपालपाना प्रकाशित: २०७६-७-२२ गते
हाउजिङ्गको घर दिने भन्दै व्यापारी रुप ज्योतीले यसरी ठगेका थिए सर्वसाधारणको तीन करोड 

काठमाडौं । भनिन्छ–व्यापारीको धर्म र राष्ट्रियता हुँदैन । तर अध्यात्मतर्फसमेत झुकाव राख्ने व्यापारी एवं पूर्वमन्त्री रुप ज्योती मंगलबार राती त्रिभुवन विमानस्थलबाटै समातिए । 

ज्योती समातिनुको कारण उही थियो : उनले देखाएको अध्यात्मप्रतिको लगावविपरित सर्वसाधारणसँग करोडौं ठगी गर्नु । हाउजिङ्गका बनेको घर दिने भन्दै २ करोड ७० लाख रुपैयाँ ठगेपछि उनीविरुद्ध अदालतले फैसला ग-यो । 

अदालती फैसलाको विरुद्ध उनी फेरि अदालत गए र सर्वोच्च अदालतले नै उनको पक्षमा फैसला गर्न अस्वीकार ग-यो । अन्ततः व्यापारिक वृत्तमा प्रतिष्ठा कमाएका ज्योति मङ्गलबार बेलुकी एकाएक प्रहरीको हत्कडीमा बाँधिन पुगे ।

यसरी पचाउन खोजेका थिए पौने तीन करोड
ज्योतिले वि.सं. २०७१ मा ल्याण्डमार्क डेभलपर्स प्रालि नामक कम्पनी दर्ता गरी काठमाडौंको बाँसबारीमा हाउजिङ्ग बनाउने योजना अघि सारे । करिब ७ आना जमिनमा घर बनाईदिने र त्यसका लागि इच्छुक क्रेताले १० लाख रुपैयाँ जम्मा गर्नुपर्ने भनियो । हाउजिङ्गका घरमा बस्न चाहनेले ज्योतिको कम्पनीको खातामा रकम पनि जम्मा गरे । 

यसरी रकम जम्मा गर्नेमध्येकै एक थिए–काठमाडौं महानगरपालिका २६ गल्कोपाखाका विज्ञेन्द्रकृष्ण मल्ल । रुप ज्योतिको ठगी धन्दाको चङ्गुलमा फसेका उनले रकम त बुझाए, तर न घर पाए न जमिन । उनीलगायतले प्रहरी कार्यालयमा उजुरी गरेपछि ज्योतिको ठगीधन्दाको पोल खुलिहाल्यो । 


सर्वसाधारणको पौने तीन करोड ठगी गरेको आरोपमा त्रिभुवन विमानस्थलमै रुप ज्योतिलाई पक्राउ गर्दै सीआईबी र फैसला कार्यान्वयन निर्देशनालयका अधिकारीहरु ।

२०७१ जेठबाट हाउजिङ्ग निर्माण थालेको ल्याण्डमार्कले सिई कन्स्ट्रक्सनलाई निर्माण जिम्मा दिएको थियो । तर घर नपाएपछि उजुरी हालेकाहरुलाई सामसुम बनाउन ज्योतिले सीई कन्स्ट्रक्सनलाई प्रयोग गरे ।

२०७१ भदौदेखि २०७५ कार्तिकसम्मको ब्याज जोडेर सीईले गत कात्तिक ३० गते पैसा त बुझायो, तर पीडितलाई नभई पीडक रुप ज्योतीकै खातामा । यता ल्याण्डमार्कलाई रकम सीईले नै रकम बुझाएपछि पीडित विज्ञेन्द्रकृष्णले घरजग्गा पाउने आशा राखे । रुप ज्योति चाहिँ सो रकम झ्वाम पार्ने उपायको खोजीमा । 

अन्ततः रुप ज्योतिको हाउजिङ्ग योजनामा पैसा बुझाएर घर न बास भएपछि विज्ञेन्द्रले उजुरी हाले । काठमाडौं जिल्ला अदालतले २०७५ मंसिर २० गते ज्योतिलाई पक्रन आदेश दियो । पक्राउ परेपछि हुने कानूनी कारबाही छल्न ज्योतिले निषेधाज्ञा मागसहित सर्वोच्चमा रिट दायर गरे । सर्वोच्चले उनको रिट खारेज गरिदियो । त्यसलगत्तै प्रहरीले ज्योतिलाई खोज्न थालेको थियो । 

अन्ततः व्यवसायिक प्रतिष्ठा कमाएर पनि सर्वसाधारणको पौने तीन करोड रुपैयाँ ठगेर हिँडेका ज्योतीलाई प्रहरीले बिहिबार साँझ त्रिभुवन विमानस्थलबाटै पक्राउ ग-यो । 

विभिन्न व्यक्तिमाथि ठगी गरेको आरोप लागेका ज्योतिलाई समात्न फैसला कार्यान्वयन निर्देशनालय र सीआईबीकै टोली खटिएको थियो ।


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति छ आजको भाउ ?
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति छ आजको भाउ ?

काठमाडौं । शुक्रबार एकैदिन पाँच सयले बढेर छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार बजारमा तोलाको ७७ हजार..

सुनको मूल्य इतिहासकै उच्च, कति छ आजको भाउ ?
सुनको मूल्य इतिहासकै उच्च, कति छ आजको भाउ ?

काठमाडौं । सुनको मूल्य आज नेपाली बजारमा नयाँ किर्तिमान कायम गरेको छ । सुनको मूल्य पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासङ्..

सबै विदेशी मुद्रा घट्यो, हेर्नुस् आजको विनिमय दर
सबै विदेशी मुद्रा घट्यो, हेर्नुस् आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ र..

सुनको भाउ अहिलेसम्मकै महँगो, कति छ आजको भाउ ?
सुनको भाउ अहिलेसम्मकै महँगो, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ बुधबार चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भाव..