नेपाली सेनाद्वारा जाजरकोट–डोल्पा सडक हस्तान्तरण


नेपालपाना प्रकाशित: २०७६-७-२२ गते
नेपाली सेनाद्वारा जाजरकोट–डोल्पा सडक हस्तान्तरण

डोल्पा । ट्रयाक खोलेको एक वर्षपछि जाजरकोट डोल्पा सडक औपचारिकरुपमा सडक विभागलाई हस्तान्तरण गरिएको छ । सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गण 'घ' गुल्ममा औपचारिक कार्यक्रम गरेर नेपाली सेनाले जाजरकोट डोल्पा–सडक सडक विभागलाई हस्तान्तरण गरेको हो ।

जाजरकोटदेखि डोल्पाको सदरमुकाम दुनैसम्मको ११८ किलोमिटर सडकको ट्रयाक खोलेर ०७५ मङ्सिर ४ गते औपचारिक उद्घाटन गरिएको जाजरकोट डोल्पा सडक एक वर्षपछि बिहीबार हस्तान्तरण भएको छ । नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले सडक डिभिजन कार्यालय चौरजहारीका उपप्रमुख नरेन्द्रप्रसाद भट्टलाई हस्तान्तरण गरेका हुन् ।

कठिन भौगोलिक चुनौतीका बाबजुत पनि नेपाली सेनाको अहोरात्र खटाइलेमात्र १४ वर्षपछि डोल्पासम्म सडक पु-याउन सफल भएको जाजरकोट डोल्पा सडक निर्माणका कार्यदल प्रमुख पहाडीले जानकारी दिए । कार्यदल प्रमुख पहाडीले सडक निर्माणका क्रममा सहयोग गरेको भन्दै डोल्पाली जनता, राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन, नागरिक समाज, सञ्चारकर्मी सबैलाई आभार प्रकट गरेका थिए ।

त्यसैगरी भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सेनाले गरेको कामको प्रशंसा गर्दै आगामी आर्थिक वर्षभित्र जाजरकोट डोल्पा सडकखण्डमा पर्ने खदाङस्थित भेरी नदीमाथि र त्रिपुराकोट बगरस्थित भेरीनदी गरी दुई वटा बेलिब्रिज निर्माण गरिने बताए ।

देशका ७७ वटै जिल्लामा कालोपत्रेसहितको सडक पुर्‍याउने सरकारको लक्ष्य रहेकाले अबको दुई वर्षभित्रै सडक स्तरोन्नतिको काम शुरु गरिनेसमेत सचिव कार्कीले बताए । रक्षा मन्त्रालयका सहसचिव शन्तबहादुर सुनारले अटुट हिक्कम र सबैको सहयोग भए जस्तोसुकै कठिन कार्य पनि सम्पन्न गर्न सकिने उदाहारण नेपाली सेनाले दिएको बताए ।

सडक हस्तान्तरण कार्यक्रममा सिङ्गो डोल्पालीको तर्फबाट जिल्ला समन्वय समिति उपप्रमुख नरबहादुर बुढाले सेनाले डोल्पालीको भाग्यरेखा कोरेको बताउँदै दुनैसम्म सिधा यातायात सञ्चालनका लागि पुल निर्माणसँगै स्तरोन्नति गरिनुपर्ने बताए ।

त्रिदेशीय व्यापारिक मार्गको रुपमा समेत नामकरण गरिएको जाजरकोट डोल्पा सडकको रणनीतिक महत्व झल्काउन दुनैदेखि धोहुँदै मोरिम्सम्म सडक निर्माणको जिम्मा नेपाली सेनालाई नै दिनुपर्ने उनले बताए ।

एक वर्ष अघि निर्माण कार्य सम्पन्न गरेको जाजरकोट–डोल्पा सडक र निर्माणाधीन दुनै–मोरिम्ला सडकको समेत सेनाको हेलिकप्टरबाट अनुगमन गरिएको छ ।


गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो
गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो

काठमाडौं । बालुवाटारमा एक्सप्रेस पहुँच भएका गोकुल बाँस्कोटाको अडियो प्रकरणले प्रधानमन्त्रीको सार्वजनिक छवि र निष्ठाप्रति नागरिक स्तरबाट प्रश्न उठाइदिएको छ। सत्तरी करोडको कम..

गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा
गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा

काठमाडौं । नेकपाको सचिवालय बैठक कुनै निर्णय बिना सकिएको छ । ७५ करोड कमिसन प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथिको कारबाहीबारे छलफल गर्न..

गम्भीर राष्ट्रिय विमर्शबिना यो के तमासाको तयारी हो कमरेडहरू ?
गम्भीर राष्ट्रिय विमर्शबिना यो के तमासाको तयारी हो कमरेडहरू ?

काठमाडौं । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनका लागि शनिबार कमिटी गठन भएकाे छ । नेकपाले माधवकुमार नेपालको संयोजकत्वमा यसरी कमिटी गठन गरेपछ..

‘बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
‘बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’

काठमाडौं । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले वर्तमान सरकारका प्रवक्ता नै भ्रष्टाचार काण्डमा मुछिएको र उनलाई राजीन..