सत्तारुढ नेकपाकै नेताले भने–"कालापानीका लागि विद्यार्थीले भारतको विरोध गर्नु गलत हो"


नेपालपाना प्रकाशित: २०७६-७-२२ गते
सत्तारुढ नेकपाकै नेताले भने–"कालापानीका लागि विद्यार्थीले भारतको विरोध गर्नु गलत हो"

काठमाडौं । सत्तारुढ (ने.क.पा.) का नेता एवं पूर्वमन्त्री लेखराज भट्टले पार्टी निकट विद्यार्थी संगठनले भारतको विरुद्ध गरिरहेको प्रदर्शन गलत भएको बताएका छन् ।

माओवादी विद्रोहको पृष्ठभुमीबाट उदाएका नेता भट्टले बिहिबार बेलुकी एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा पार्टीकै विद्यार्थी संगठन अनेरास्ववियुलाई गलत भनेका हुन् । भारतले जारी गरेको नक्सामा नेपालको कालापानी लगायत भूभाग समेटेको विरोधमा अहिले सत्तारुढ पार्टीनिकट विद्यार्थी संगठनले भारतको विरोध गरिरहेको छ । 

कालापानी र लिपुलेकको ऐतिहासिक पक्षलाई अध्ययन गर्नुपर्ने भन्दै नेकपा नेता भट्टले ईतिहासमा भएका कमजोरीको समीक्षा गर्नुपर्ने तर्क राखेका छन् । भारत र चीनबीच युद्ध हुँदा कालापानीमा भारतले सेना राखेको र सोही बेला नेपालले पनि त्यहाँ आफ्नो सेना राख्नुपर्ने, तर यसो नगर्दा समस्या परेको भट्टले बताएका छन् । 

भारतसँग सिमा विवाद निकै लामो समयदेखि यथावत रहेको, तर आफु नै सरकारमा सहभागी भएका बेला पनि यसबारे कुनै काम नगरेको भट्टले जानकारी दिए । साथै, कालापानीमा खुकुरी लिएर जानु पनि आफुहरुको कमजोरी रहेको र जनताको सेन्टीमेन्ट लिनका लागि मात्रै यसो गरिएको भट्टले बताएका छन् । 

भारतसँग द्विपक्षीय वार्ता गर्नुको साटो आफुहरुले देखावटी देशभक्तिको काम गरेको र सन् २०१४ मै लिपुलेकलाई भारत र चीनको सिमाका रुपमा राखेको पनि भट्टले खुलासा गरे । 

कुटनीतिक तवरले समस्याको समाधान गर्नुको साटो विद्यार्थी संगठन सडकमा आउनु गलत भएको भन्दै भट्टले कालापानी र लिपुलेकबारे नेपाल सरकारले निकालेको विज्ञप्ति झारा टारेको जस्तो देखिएको तथा भारतले दिएको स्पष्टोक्ति पनि स्पष्ट नभएको भट्टको भनाई छ । 

भारतको विरोध गर्न आफ्नो पार्टीले विद्यार्थीहरुलाई सडकमा नपठाएको समेत भट्टले जिकिर गरे । विद्यार्थीहरुलाई सडकमा आउनको लागि सरकारले निर्देशन नदिएको, तर सडकमा ओर्लिहाल्ने पहिलेको स्कुलिङका कारण विद्यार्थीहरु सडकमा पुगेको उनले बताए ।  

नेपाल र भारतबीचको समस्या सडकबाट हल नहुने हुनाले यसका लागि नेतृत्वलाई दबाब दिनुपर्ने, तर सडककमा जान नहुने तर्क भट्टले राखे ।  


अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा
अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा

चितवन । फागुन ७ गतेदेखि आमरण अनशनमा बसेका कृष्ण पौडेलको स्वास्थ्य स्थिति जटिल भई भरतपुर अस्पताल भर्ना भएका छन् । जिल्ला कार्यसमिति चितवनले सोमबार विज्ञप्ति जारी गर्दै आन्दो..

बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल
बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल

काठमाडौं ।  नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पनि धार..

गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो
गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो

काठमाडौं । बालुवाटारमा एक्सप्रेस पहुँच भएका गोकुल बाँस्कोटाको अडियो प्रकरणले प्रधानमन्त्रीको सार्वजनिक छवि र निष्ठाप्रति नागरिक स्तरबाट प्रश्न उठाइदिएको छ। सत्तरी करोडको कम..

गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा
गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा

काठमाडौं । नेकपाको सचिवालय बैठक कुनै निर्णय बिना सकिएको छ । ७५ करोड कमिसन प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथिको कारबाहीबारे छलफल गर्न..