नेपाल–युरोपेली संघ संयुक्त आयोगको बैठक आज बस्दै


नेपालपाना प्रकाशित: २०७६-७-२२ गते
नेपाल–युरोपेली संघ संयुक्त आयोगको बैठक आज बस्दै

काठमाडौं । नेपाल–युरोपेली संघ संयुक्त आयोगको बैठक आज (शुक्रबार) बस्दैछ। काठमाडौंमा बस्ने बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव शङ्करदास वैरागी र एशिया–प्रशान्त क्षेत्रीय निर्देशक पाओला पम्पालोनीले युरोपेली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली संघबीचको सम्बन्धका विभिन्न पक्षबारे विचारविमर्श गरिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । संघको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि शुक्रबार शिष्टाचार भेट गर्नेछ ।

बैठकमा भाग लिन नेपाल आएको प्रतिनिधिमण्डलले यसअघि बिहीबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा. युवराज खतिवडा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई बेग्लाबेग्लै भेटेर पारस्परिक हित र चासोका विषयमा छलफल गरेको छ।

नेपाल र युरोपेली सङ्घबीच विकास सहायतासम्बन्धी आयोग उपसमितिको तेस्रो बैठक परराष्ट्र मन्त्रालयमा भएको थियो। त्यसअवसरमा द्विपक्षीय विकास सहायताका समग्र पक्षमा विचार आदानप्रदान भएको थियो।


हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्ट..

‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन
‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्..

स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते
स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी न..

सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 
सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी बजारनजिकै रोकिराखेको ट्याक्टरमा अनटेस्ट मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बिग्रिएर मर्मत गर्न राखिएको ट्रकको पछाडी मोटरसाइ..