पार्टीभित्रै कारबाहीमा परेका विप्लवका पूर्वइञ्चार्ज पक्राउ 


नेपालपाना प्रकाशित: २०७६-७-२२ गते
पार्टीभित्रै कारबाहीमा परेका विप्लवका पूर्वइञ्चार्ज पक्राउ 

काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका लागि भक्तपुर र ललितपुरमा जिल्ला इञ्चार्ज भएर काम गरेका टेकबहादुर केसीलाई पक्राउ गरेको छ । 

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको पार्टीले कार्यशैलीमाथि प्रश्न उठाउँदै यसअघि नै केसीलाई कारबाही गरेको थियो । पार्टीको कारबाही भोगेका केसीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराती निकोसेराबाट नियन्त्रणमा लिएको जनाएको छ । 

पक्राउ परेका श्रेष्ठको साथबाट प्रहरीले चन्दा उठाएको रसिद, मोबाइल फोनलगायत सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा राखिएका केसीमाथि अनुसन्धानपश्चात थप कारबाही हुने भक्तपुर प्रहरीले जानकारी दिएको छ ।


देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..

काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो
काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर-१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ । प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया..

सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"
सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"

काठमाडौं । भारत र चीनले कैयौं स्थानमा सीमा मिच्दा वक्तव्य निकालेर बेतुकको भाषण गरेको भन्दै सत्तारुढ दलकी सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकी छिन् ।  विद्या..