नेकपाका अध्यक्षद्वय ओली र दाहालबिच छलफल


नेपाल पाना प्रकाशित: २०७६-७-२२ गते
नेकपाका अध्यक्षद्वय ओली र दाहालबिच छलफल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार छलफल भएको दाहाल सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालले १४ मंसिरमा हुने उपनिर्वाचन, पार्टी एकताको बाँकी कामलगायतको विषयमा छलफल भएको बताइएको छ ।

दुई अध्यक्षका बीचमा छलफल भए पनि कुनै विशेष निर्णय नभएको नेकपा स्रोतले जनाएको छ । पार्टी तथा सरकार सञ्चालन, उपनिर्वाचन एवं पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा सामान्य छलफल भएको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठ २०७५ मा पार्टी एकता भए पनि पोलिटब्युरो, आयोग गठनको काम अझै टुंगो लागेको छैन । आजको राजधानी दैनिकमा खवर छ ।


बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड
बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड

काठमाडौं । बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड दिएको छ ।  देश संघीयतामा गइसके पनि बैदेशिक रोजगारीका अधिकाशं संयन्त्र केन्द्रिकृत हुदाँ सेवा ग्राहीले सहजत..

सर्वोच्चले रिट निवेदनलाई ‘अग्राधिकार’ दिंदै सरकारसँग माग्यो सीमा रक्षा गर्न नसक्नुको कारण
सर्वोच्चले रिट निवेदनलाई ‘अग्राधिकार’ दिंदै सरकारसँग माग्यो सीमा रक्षा गर्न नसक्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई भारतले सीमाना मिच्दा आफ्नो जमिनको रक्षा गर्न नसक्नुको कारण माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजलासले शुक्रबार रिट..

अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा फहराइयो, विद्यार्थी र एसएसबीबीच ढुंगा हानाहान 
अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा फहराइयो, विद्यार्थी र एसएसबीबीच ढुंगा हानाहान 

इलाम । भारतले नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाउँदै आएको अनेरास्ववियु इलामले सन्दकपुरमा प्रदर्शन गरेको छ । भारतले दसगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्..

चिकित्सा शिक्षामा शुल्क आतङ्क, फिर्ता गर्ने सुरसार छैन्
चिकित्सा शिक्षामा शुल्क आतङ्क, फिर्ता गर्ने सुरसार छैन्

काठमाडौं । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक विविध शीर्षकमा ठूलो रकम असुल्दा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी चर्को मर्कामा परेका छन् । अतिरिक्त शुल्क आतङ..