सांसद आलमको थुनछेक बहस आज रौतहटमा


नेपाल पाना प्रकाशित: २०७६-७-२२ गते
सांसद आलमको थुनछेक बहस आज रौतहटमा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा आज थुनछेक बहस हुने भएको छ ।

बिहिबार अदालतको समय सकिँदा पनि बहस गर्नेहरु नसकिएपछि आजका लागि थुनछेक बहस सरेको हो । २०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ । त्यसमा जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बयान सकिएपछि आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीले बहस सुरु गरेका थिए ।

आलमलाई जम्मा ५१ वटा प्रश्न सोधिएको थियो । बिहीबार तेस्रो दिनको बयानमा आलमलाई ज्यान मार्ने उद्योग र बम विष्फोटसम्बन्धी कसुरबारे प्रश्न सोधिएको थियो । न्यायाधीशले सोधेका अधिकांश प्रश्नको आलमले इन्कारी बयान दिएका छन् ।


हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्ट..

‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन
‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्..

स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते
स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी न..

सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 
सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी बजारनजिकै रोकिराखेको ट्याक्टरमा अनटेस्ट मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बिग्रिएर मर्मत गर्न राखिएको ट्रकको पछाडी मोटरसाइ..