मौसम: मुस्ताङमा पर्न थाल्यो हिउँ, बाक्लो हिउँ जमेसँगै जनजीवन प्रभावित


नेपाल पाना प्रकाशित: २०७६-७-२२ गते
मौसम: मुस्ताङमा पर्न थाल्यो हिउँ, बाक्लो हिउँ जमेसँगै जनजीवन प्रभावित

मुस्ताङ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकाको चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । 

चराङमा बिहानसम्म पानी परिरहेको दामोदरकुण्ड लोघेकर गाउँपालिका-१ का वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए । पानी र हिमपातका कारण चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । डाँडाहरुमा बाक्लो हिउँ जमेको छ । बस्तीमा दुई-तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ ।

चिसो र हिमपातका कारण निर्माणाधीन बेनी-जोमसोम-कोरलालगायत विकास आयोजना प्रभावित भएका छन् । चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरु बेँसी झर्न थालेका छन् । पोखरा, काठमाडौं, चितवन, बुटवललगायतका ठाउँमा जान थालेका छन् ।

घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दा गर्मी बढ्न थालेपछि फागुनमा घर फर्कन्छन् । उनीहरुले घुम्ती व्यापार पनि गर्छन् ।


राजा महाराजाको जस्तै देशलाई केक बनाए काट्ने ओलीलाई खतिवडाले दिए झटारो
राजा महाराजाको जस्तै देशलाई केक बनाए काट्ने ओलीलाई खतिवडाले दिए झटारो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो जन्मोत्सव मनाउँदा देशको नक्सालाई केक बनाएर काटेर खाएकोमा आक्रोश पोखेका छन् । नेत..

बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री ओलीले पनि राजीनामा दिनुपर्छः डा. शेखर कोइराला
बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री ओलीले पनि राजीनामा दिनुपर्छः डा. शेखर कोइराला

बाँके ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणमा सरकारको नेतृत्वकर्ताका हैसियतमा प्रधानमन्त्..

गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो
गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो

काठमाडौं । बालुवाटारमा एक्सप्रेस पहुँच भएका गोकुल बाँस्कोटाको अडियो प्रकरणले प्रधानमन्त्रीको सार्वजनिक छवि र निष्ठाप्रति नागरिक स्तरबाट प्रश्न उठाइदिएको छ। सत्तरी करोडको कम..

गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा
गोकुल बाँस्कोटालाई पार्टीले कुनै कारबाही गर्न जरुरी नै छैनः नेकपा

काठमाडौं । नेकपाको सचिवालय बैठक कुनै निर्णय बिना सकिएको छ । ७५ करोड कमिसन प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथिको कारबाहीबारे छलफल गर्न..