दक्षिण कोरिया आएका उत्तर कोरियाली अपराधीलाई फर्काइयो 


नेपाल पाना प्रकाशित: २०७६-७-२२ गते
दक्षिण कोरिया आएका उत्तर कोरियाली अपराधीलाई फर्काइयो 

काठमाडौं । दक्षिण कोरियाले दुई उत्तर कोरियाली माझीलाई फिर्ता पठाइदिएको छ। १६ जना सहकर्मीको हत्या गरेर आएका उत्तर कोरियाली माझीलाई फिर्ता पठाइदिएको हो । 

उनीहरूलाई बिहीबार उत्तर दक्षिणको सीमामा पुगेर दक्षिणका अधिकारीहरूले उत्तर कोरियाको जिम्मा लगाएका हुन्। उत्तरबाट भागेर आउनेलाई प्रायः फिर्ता गरिँदैनथ्यो। गत शनिबार पूर्वी क्षेत्रको समुद्रबाट पक्राउ परेका दुई जना २० वर्षका ती माझीलाई भने जघन्य अपराध गरेको भनेर दक्षिणले फिर्ता पठाएको हो।

ती दुई युवाले सँगै माछा मार्ने डुंगाका क्याप्टेन र १५ सहकर्मीको हत्या गरेका थिए। गाली गरेको भन्दै पहिला उनीहरूले क्याप्टेनलाई मारेका थिए। अरू माझीले त्यसको विरोध गरेपछि उनीहरूले बाँकीलाई मारिदिए। सहकर्मीको हत्या गरेपछि बाँचेका तीन जना उत्तर कोरिया गए। तीमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेपछि बाँकी दुई जना दक्षिण कोरिया भागेका थिए।

धेरै उत्तर कोरियालीहरू उत्तरको दुःखबाट मुक्त हुन भागेर दक्षिण कोरिया आउने गर्छन्। भाषा र संस्कृति मिल्ने भए पनि दक्षिणले भागेर आएकालाई त्यत्तिकै स्वीकार्दैन। उनीहरूलाई पहिला रिइडुकेशन कक्षामा राखेर प्रशिक्षण दिइन्छ। उत्तर र दक्षिण कोरियाबीच अपराधी आदान–प्रदान गर्ने सुपुर्दगी सन्धी छैन।


अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ
अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ

अष्ट्रेलिया । अष्ट्रेलियाको अध्यागमनले दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ ।  एक वर्षको मल्टीपल भिषा पाएका उनीहरू तीन महिनाको पहिलो बसाइँ सकिएपछि भिषा थप्न नजिकको गन्त..

इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'
इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खमेनीले इजरायललाई समाप्त पारिदिने चेतावनी दिएका छन् ।  मध्यपूर्वमा अमेरिकी प्रतिनिधीजस्तै रहेको इजरायलको अन्त्यलाई यहुदी..

इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प
इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प

काठमाडौं । इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान गएको ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको..

जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति
जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति

पाकिस्तान । भष्ट्राचार आरोपमा जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई इमरान खान नेतृत्वको सरकारले उपचारका लागि विदेश जान अनुमति दिएको छ । पाकिस्तानी क्याबिन..