करौडोँ राजस्व छलेका ३ चिनियाँसहित ४ जनाविरुद्ध अगाडी बढ्याे मुद्दा


नेपाल पाना प्रकाशित: २०७६-७-२२ गते
करौडोँ राजस्व छलेका ३ चिनियाँसहित ४ जनाविरुद्ध अगाडी बढ्याे मुद्दा

काठमाडौं । १३ करोड राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभाग ललितपुरले तीन चिनियाँ नागरिकसहित ४ जनाविरुद्ध मुद्दा छली मुदा अगाडी बढाएको छ । 

विभागले नक्कली बिल प्रयोग गरी राजस्व छली गरेको भन्दै नेपाल दोङहवा कन्सट्रक्सन इन्जिनियरिङ कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ जुन, वे देगुइ र सुबिन श्रेष्ठविरुद्ध १९ गते मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । घटनाका आरोपी ३ जना जना चिनियाँ नागरिक हुन् भने १ जना नेपाली रहेका छन् ।
 
राजस्व चुहावट गरेको अभियोगमा १३ करोड १३ लाख ११ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैदको माग दाबीसहित मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जनाए । उनीहरु अहिले प्रहरी हिरासतमा छन् । उक्त कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक मात्र खरिद गरेर राजस्व चुहावटमा संलग्न रहेको अनुसन्धानमा देखिएको उनले बताए । 
 
यस कम्पनीविरुद्ध राजस्व चुहावट ऐन, २०५२ अनुसार मूल्य अभिवृद्धि करतर्फ ४ करोड २१ लाख, आयकरतर्फ ७ करोड ७७ लाख रुपैयाँ तथा लाभांश करतर्फ १ करोड १४ लाख रुपैयाँ राजस्व चुहावट गरेको विभागले दाबी गरेको छ । उनीहरुविरुद्ध राजस्व अनुसन्धान विभागले विगत ८ महिनादेखि अनुसन्धान गरिरहेको थियो ।


कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !
कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !

काठमाडौं । चीन छाडेर आफ्नो देश फर्कने विद्यार्थीहरुले छात्रवृत्तिमा निरन्तरता नपाउने भएका छन् ।  चाइना डेलीको मास्टहेडसहित प्राप्त खबर अनुसार कोरोना भाइरस संक्रमणका का..

अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा
अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा

चितवन । फागुन ७ गतेदेखि आमरण अनशनमा बसेका कृष्ण पौडेलको स्वास्थ्य स्थिति जटिल भई भरतपुर अस्पताल भर्ना भएका छन् । जिल्ला कार्यसमिति चितवनले सोमबार विज्ञप्ति जारी गर्दै आन्दो..

न जागिर, न व्यापार, न त पैत्रिक सम्पत्ति नै, कहाँबाट बने ती आलिशान बंगला ?
न जागिर, न व्यापार, न त पैत्रिक सम्पत्ति नै, कहाँबाट बने ती आलिशान बंगला ?

काठमाडौं । अस्पतालमा उपचार गराइरहेका एक परिचितलाई भेट्न जाँदाको संवादले आम नेपालीको वर्तमान अवस्थाको चित्र उतारेको जस्तो लाग्यो।  उनले प्रसंगवश भनेका थिए, ‘हामी..

बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल
बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल

काठमाडौं ।  नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पनि धार..