नेपाली राष्ट्रिय महिला क्रिकेट टोली चीनतर्फ प्रस्थान


नेपाल पाना प्रकाशित: २०७६-७-२२ गते
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली चीनतर्फ प्रस्थान

काठमाडौं । बी एण्ड आर कप क्रिकेट प्रतियोगिता खेल्न १९ वर्षमुनि (यु-१९) नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज चीनतर्फ प्रस्थान गरेको छ ।

चीनको सङ्घाइमा आयोजना हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय खेलाडीसहितको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घका सचिव अशोकनाथ प्याकुरेल, आइसीसीका नेपाल प्रतिनिधि रौनक मल्ललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे । 

यही कात्तिक २५ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, साउदी अरेबिया, आयोजक चीन र म्यानमार सहभागी छन् । प्रतियोगितामा नेपालले यही कात्तिक २५ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।


एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित
एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको..

सर्वश्रेष्ठ खेलाडी सादियोकाे हातमा फुटेको मोवाइल !
सर्वश्रेष्ठ खेलाडी सादियोकाे हातमा फुटेको मोवाइल !

काठमाडौं । पश्चिम अफ्रिकाका चर्चित फुटवल खेलाडी सादियो मानेले आफ्ना देशका लागि निकै महत्वपूर्ण योजनाका कार्यहरु गरेका छन् ।  २७ बर्षिय सादियोले विश्व प्रसिद्ध फुट..

श्रीलङ्काविरुद्धको दोस्रो टी–२० मा भारतको विजयी
श्रीलङ्काविरुद्धको दोस्रो टी–२० मा भारतको विजयी

काठमाडौं । भारतको इन्डोरमा मङ्गलबार राति भएको श्रीलङ्काविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ ।  भारतले पाहुना टोली श्रीलङ्कालाई सात..

ए डिभिजन लिगः संकटालाई हराउँदै नेपाल पुलिस क्लब बिजयी
ए डिभिजन लिगः संकटालाई हराउँदै नेपाल पुलिस क्लब बिजयी

काठमाडौँ । बुधबार ललितपुरको सातदोबाटोमा अवस्थित एन्फा कम्प्लेक्स खेल मैदानमा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ ।   शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज भएको पह..