ट्याक्टर र मोटरसाइकल ठोक्किँयो, दाजुभाइको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-७-२३ गते
ट्याक्टर र मोटरसाइकल ठोक्किँयो, दाजुभाइको मृत्यु

नेपालगञ्ज । राप्तीसोनारी–७, फत्तेपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । फत्तेपुर राधाकृष्ण मन्दिर चोक नजिकै भे १ त ९०१ नम्बरको ट्याक्टर र म २ प ७०३४ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा रहेका दाजुभाइ ९दाइभाइका छोरा० २४ वर्षको सुमनकुमार थारु र १५ वर्षका सन्जीव धम्लहवाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर विसीका अनुसार, शुक्रबार राती साढे दुई बजे दुर्घटना भएको थियो । दुर्घटना लगत्तै घाइतेलाई उपचारका लागि नेपालगञ्ज नर्सिङहोम ल्याइएको थियो । तर, अस्पताल नपुग्दै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक दुवैको शव नर्सिङहोममा रहेको छ । शवलाई भेरी अस्पतालमा लगेर पोष्टमार्टम गरी आफन्तले लैजाने तयारी गरेका छन् ।


हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्ट..

‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन
‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्..

स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते
स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी न..

सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 
सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी बजारनजिकै रोकिराखेको ट्याक्टरमा अनटेस्ट मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बिग्रिएर मर्मत गर्न राखिएको ट्रकको पछाडी मोटरसाइ..