यू–१९ च्यालेन्जर्स: भारत ‘सी’ सँग नेपालको लज्जास्पद हार


नेपाल पाना प्रकाशित: २०७६-७-२५ गते
यू–१९ च्यालेन्जर्स: भारत ‘सी’ सँग नेपालको लज्जास्पद हार

काठमाडौं । भारतको हैदरवादमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । सोमबार भएको पहिलो खेलमा भारत ‘सी’ सँग १० विकेटले पराजित भयो । 

जिमखाना मैदानमा नेपालले दिएको एक सय १५ रनको सामान्य लक्ष्य भारतले २२।१ ओभरमा बिना विकेटको क्षतिमा पुरा गरेको थियो । भारतका लागि अर्जुन अजादले ६७ रन बनाए । 

दिभ्यनास अजय कुमार सक्सेनाले अविजित ५२ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३२।१ ऋोभरमा सवै विकेट गुमाएर  एक सय १४ रन बनाएको थियो । नेपालका कुशल मल्लले सर्वाधिक २६ रन बनाए ।

शेर मल्लले १४, अरुण ऐरीले १३ र प्रतिष जिसीले ११ रन बनाए । जनेपाललाई सस्तैमा समेट्न भारतका विद्याधर पाटिल, राक्षन, सुभाङ हेज, मुज्ताबा युसुफ र रबी रोशनले दुई दुई विकेट लिए ।

भारतले आयोजना गरेको सिरिजमा नेपालसहित भारतको ‘ए’, ‘बी’ र ‘सी’ टोलीले भाग लिएका छन् । अब नेपालले दोस्रो खेलमा बुधबार भारत ‘ए’ र अन्तिम खेल शुक्रबार भारत ‘बी’ सँग खेल्नेछ ।


पीपीएल: पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्दै
पीपीएल: पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्दै

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिगको आज पहिलो दिन उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्दैछ ।   पोखरास्थित पोखरा क्रिकेट रंगश..

१३ औं सागः भुटानविरुद्ध नेपालले गर्‍यो दोश्रो गोल
१३ औं सागः भुटानविरुद्ध नेपालले गर्‍यो दोश्रो गोल

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा नेपालले दोश्रो गोल गरेको छ । यस अघि खेलको १५ औं मिनेटमा अभिषेक रिजालले एक गोल गर्दै नेपाललाई अग्रता दिएका थियाे..

१३ औं साग अपडेटः सनिलले स्वर्ण जितेसँगै नेपालको लक्ष्य पुरा
१३ औं साग अपडेटः सनिलले स्वर्ण जितेसँगै नेपालको लक्ष्य पुरा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । योसँगै सागमा जेपालको स्वर्ण संख्या ५० पुगेको छ । मंगलबार लगनखेलस्थित नेपाली सेनाको शार..

१३ औं सागः समापन समारोहसहित ५ खेलमा प्रतिस्पर्धा हुँदै
१३ औं सागः समापन समारोहसहित ५ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको अन्तिम दिन आज विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको दशौँ दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ..