बङ्गलादेशसँगको २२ वर्षे व्यापारमा नेपाललाई नाफै–नाफा


नेपालपाना प्रकाशित: २०७६-७-२७ गते
बङ्गलादेशसँगको २२ वर्षे व्यापारमा नेपाललाई नाफै–नाफा

झापा । सबैभन्दा नजिकको तेस्रो मुलुक बङ्गलादेशसँगको व्यापार सन्तुलनमा पाँच वर्षयता निरन्तर घाटा व्यहोर्नु परे पनि पारवहन मार्ग खुलेयताको २२ वर्षमा भने नाफा नै भएको छ ।

वि.सं. २०५४ भदौ १४ गते नेपाल र बङ्गलादेशबीच पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी भन्सार हुँदै बङ्गलादेशको बङ्गलाबन्ध जोड्ने ५४ किलोमिटर लामो स्थल पारवहन मार्गको प्रयोग सुरु भएको थियो । त्यसयताको २२ वर्षमा नेपालले बङ्गलादेशसँगको व्यापार सन्तुलनमा चार अर्ब ४६ करोड १९ लाख ५२ हजार ४६१ रुपैयाँ नाफा गरेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले जनाएको छ ।

काँकडभिट्टास्थित कम्पनीको कार्यालयका सूचना अधिकारी विजय भट्टराईका अनुसार आव २०५४/५५ देखि २०७५/७६ सम्ममा नेपालले यो पारवहन मार्ग भएर ३१ अर्ब ३० करोड ५५ लाख ६९ हजार ८३७ रुपैयाँ मूल्य बराबरको नेपाली मालसामान बङ्गलादेश निर्यात गरेको छ ।

यही अवधिमा बङ्गलादेशबाट २६ अर्ब ८४ करोड ३६ लाख १६ हजार ३६७ रुपैयाँ मूल्य बराबरको मालसामान नेपालमा आयात भएको पाइएको छ । समग्र २२ वर्षमा व्यापारको अवस्था नाफादायी भए तापनि पछिल्लो पाँच वर्षदेखि नेपालको निर्यात बढ्न नसक्दा व्यापारको अवस्था निरन्तर घाटाजनक रहेको छ ।

नेपालले बङ्गलादेशसँग अहिलेसम्मको व्यापारमा १० आर्थिक वर्षमा नाफा र १२ वटा आर्थिक वर्षमा घाटा गरेको छ । आव २०५४/५५ देखि २०५९/६० सम्मको ६ वर्षमध्ये आव २०५७÷/५८ को व्यापारमा मात्र पाँच करोड २९ लाख १० हजार ३८७ रुपैयाँ नाफा भएको देखिन्छ । अरू वर्ष घाटैघाटा भएका छन् ।

आव २०६३/६४ देखि बङ्गलादेशबाट आयातभन्दा नेपालबाट निर्यात धेरै हुन थालेको हो । त्यसयता आव २०७०/७१ सम्मको व्यापार सन्तुलनमा निरन्तर आठ वर्ष नेपालले नाफा गरेको छ । आव २०७१/७२ यता अहिलेसम्म नै निर्यातभन्दा आयात बढी रहेको अवस्था छ ।

नेपालको निर्यात बढेको अवस्थामा आव २०६५/६६ मा नेपालले चार अर्ब ७९ करोड ५७ लाख ५० हजार ५८ रुपैयाँ बराबरको व्यापार नाफा गरेको थियो । यो नै गएको २२ वर्षे व्यापार यात्रामा सबैभन्दा बढी व्यापार नाफा गरेको वर्ष थियो । अहिले भने व्यापार घाटा बढिरहेको छ । गएको आव २०७५/७६ मा नेपालले दुई अर्ब ४१ करोड ३० लाख ३५ हजार ६८० रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । 

बङ्गलादेशको बजार भौगोलिक रूपमा नजीक भएको कारण नेपालका उत्पादनहरू छिटो पुर्‍याउन र त्यसबाट लाभ पाउन सकिन्छ भनेर नै नेपालले काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध पारवहन मार्गको प्रस्ताव भारत र बङ्गलादेश सरकारसँग गरेको थियो । दुवै छिमेकी मुलुकले नेपालको प्रस्ताव मञ्जुर गरेका थिए ।

विसं २०५४ भदौ १४ गते पारवहन मार्गको काँकडभिट्टामा भव्य उद्घाटन भएपछि यो आर्थिक वर्षभरिमा नेपालबाट ११ लाख ५७ हजार ७६० रुपैयाँ बराबरको मालसामान मात्र बङ्गलादेश पठाइएको थियो । सुरुकै आर्थिक वर्षमा उता बङ्गलादेशबाट एक करोड ३१ लाख २६ हजार २७४ रुपैयाँ मूल्य बराबरको सामान आयात भएको थियो । व्यापार घाटा पहिलो वर्षबाटै सुरु भएको थियो ।

नेपालले आव २०७५/७६ मा बङ्गलादेशतर्फ मुसुरो दाल, अम्लिसो कुचो, कत्था, प्लाइउड, पिना, टमाटर, फलफूल, हजमोला, गहुँको ब्रान, चिराइतो, ग्लुकोज लगायतका १७ प्रकारका मालसामान निर्यात गरेको मेची भन्सार कार्यालयले जनाएको छ । यही अवधिमा नेपालले बङ्गलादेशबाट १५१ प्रकारका मालवस्तु आयात गरेको देखिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीले बताउनुभयो । 

बङ्गलादेशबाट सबैभन्दा बढी मात्रामा हलुका पेय पदार्थजन्य वस्तु आयात हुने गरेको छ । दर्जनभन्दा बढी प्रकारका हलुका पेय पदार्थ नेपालमा आउने गरेका कारण नेपाली उत्पादन मारमा परेको समेत नेपाली व्यवसायीहरूको गुनासो रहँदै आएको छ । बङ्गलादेशबाट सोलार उपकरण, रनर, मोटरसाइकल, कागज, तयारी कपडा, जुट, मकै, आलुचिप्स, चकलेट, कमोड, नेप्किन, पानीका बोतल, ब्याट्री, औषधि, केमिकल, स्पेयर पार्टस, नरिबल तेललगायतका सामान आयात हुने गरेको छ । यसमा सबैभन्दा बढी जुस र लत्ताकपडाका प्रकार रहेका छन् ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिना बङ्गलादेशसँगको व्यापार सहजीकरणमा नेपाल सरकारको पर्याप्त ध्यान पुग्न नसकेको बताउँछन् । बङ्गलादेश निर्यात हुने वस्तुको कर हटाउन वा घटाउन नेपाल सरकारले बङ्गलादेश सरकारलाई मनाउन सक्यो भने व्यापारको अवस्था चाँडै सुध्रिने उनको धारणा छ । ‘भूटानलाई दिएजति भन्सार सहुलियत पनि नेपालले पाउन सकेको छैन’, नेपाल बङ्गलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन भन्छन्, ‘नेपाल सरकारले बङ्गलादेश सरकारलाई भन्सार सहुलियतका लागि औपचारिक आग्रह गरिदिने हो भने नेपालले लाभ पाउने सम्भावना छ ।’

जैनका अनुसार नेपाली कृषि उत्पादन मात्र नभएर जडीबुटी र ढुङ्गाको बङ्गलादेशमा ठूलो माग छ । नेपाली अलैँची, अदुवा, सुन्तला, चिराइतो, अम्लिसो, चियालगायतका वस्तु बङ्गलादेशमा जति पुर्‍याए पनि बजार र मूल्य दुवै सहजै पाउने उनी बताउँछन् । नेपालभन्दा सानो भूभाग रहेको बङ्गलादेशको जनसङ्ख्या भने नेपालको भन्दा चौब्बर भएको हुँदा नेपाली उत्पादनहरू सजिलै त्यहाँ पुर्‍याउन सक्दा नेपालको व्यापार उकालो लाग्ने निश्चित छ ।


सुनचाँदीको भाउ घट्यो, कति छ आजको भाउ ?
सुनचाँदीको भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौँ । मंगलबार सुनको भाउमा तोलमा २ सय रुपैयाँ घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   सोमबार प्रतितोला ७१ हजार  कायम भएको छापावाल सुन आज तोल..

सुनचाँदीकै भाउ घट्यो, कति छ आजको भाउ ?
सुनचाँदीकै भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौँ । शुक्रबार प्रतितोला  ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावा सुन आज तोलामा ५ सय रूपैयाँ घटेर प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व..

सुनको भाउ घट्यो, कति छ आजको भाउ ?
सुनको भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा दुई सय रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यावसायी महासंघले दिएको जानकारी अनुसार आज बजा..

सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?
सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?

काठमाण्डौँ । मंगलबार ७१ हजार दुई सय रुपैयाँले कारोबार भइरहेको छापावाला सुनको मूल्य तोलामा आठ सयले बढेर प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसा..