सगरमाथाक्षेत्र घुम्न आएका फ्रान्सेली नागरिकको लेक लागेर मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-७-२७ गते
सगरमाथाक्षेत्र घुम्न आएका फ्रान्सेली नागरिकको लेक लागेर मृत्यु

सोलुखुम्बु । सगरमाथाक्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । कात्तिक १९ गते खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाच सुतेकै अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेसनलपार्क होटलमा मंगलबार बिहान ६ः४५ बजे ती फ्रान्सेली नागरिक मृत फेला परेको बताए ।

इलाका प्रहरी चौकी नाम्चेबाट घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि डाइनेष्टिक हेलिकोप्टरमार्फत शवको परीक्षण गर्न शिक्षण अस्पताल, महारजगञ्ज लगिएको छ । 

उनी एडभेन्चर प्रालि काठमाडौंमार्फत खुम्बु भ्रमणमा आएका थिए । यो वर्ष चार जना विदेशी पर्यटकको सुतेकै ठाउँमा ज्यान गइसकेको छ । लेक लागेर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


धारिलो हतियार प्रयोग गरेर हत्या गरेको १५ वर्षपछि हत्यारा पक्राउ
धारिलो हतियार प्रयोग गरेर हत्या गरेको १५ वर्षपछि हत्यारा पक्राउ

नुवाकोट । १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गा..

चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति
चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति

काठमाडौं । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले ३ देशबाट ल्याइने औषधीमा आपत्ति जनाएका छन् । आज बसेको बैठकमा संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले..

आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु
आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तान । शनिबार बिहान अफगानिस्तानमा आफ्नै सहकर्मीले चलाएको गोली लागेर  २३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।   अफगानिस्तानको पू..

पार्किङ राखेको हेलिकोप्टर हिउँले ढपक्कै !
पार्किङ राखेको हेलिकोप्टर हिउँले ढपक्कै !

काठमाडौं । उच्च हिमाली क्षेत्र मुगु, डोल्पा, मनाङ, मुस्तङ, सोलुखुम्बु, ओखलढुंगालगायत विभिन्न जिल्लामा हिमपात भएको छ । हिमपातकै कारण शुक्रबार डोल्पाको जुफाल विमानस्थलबाट उडा..