बोलिभियाकी विपक्षी सांसद जेनीले स्वयंलाई गरिन् राष्ट्रपति घोषणा


नेपाल पाना प्रकाशित: २०७६-७-२७ गते
बोलिभियाकी विपक्षी सांसद जेनीले स्वयंलाई गरिन् राष्ट्रपति घोषणा

काठमाडौं । बोलिभियाकी विपक्षी सांसद जेनी एनेजले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेकी छिन् । दक्षिण अमेरिकी देश बोलिभियामा राजनीतिक तनाव चुलिँदै जाँदा राष्ट्रपति इभो मोरालेसले गत आइतबार पदबाट राजीनामा गरेका थिए ।

उनले आफैँलाई राष्ट्रपति घोषणा गर्दै गर्दा मोरालेसका पार्टीका सांसदहरूले सदन बहिस्कार गरेका थिए । जेनीले आफ्नो नियुक्ति संवैधानिक रहेको दावी गर्दै छिट्टै चुनाव गराउने वाचासमेत गरिन् । मोरालेसले जेनीको नियुक्तिलाई ‘दक्षिणपन्थी विपक्षीको कु’ भनी टिप्पणी गरेका छन् ।

आफ्नो ज्यान खतरामा रहेको भन्दै आइतबार राजीनामा दिएका मोरालेसले लगत्तै मेक्सिकोमा शरण लिए । उनको राजीनामाअघि विवादास्पद राष्ट्रपतीय निर्वाचनलाई लिएर बोलिभियामा एक साता लामो विरोध प्रदर्शन भएको थियो ।

‘रक्तपातको सम्भावना टाल्न’ राजीनामा दिएको मोरालेसको जिकिर छ । जेनी कसरी राष्ट्रपति बनिन् रु मंगलबारको सिनेट बैठकमा हावी भएकी जेनीले आफूलाई राष्ट्रपतिको दावेदारको रुपमा प्रस्तुत गरिन् ।

उनले भनिन्, ‘राष्ट्रपति र उपराष्ट्रपति पदको रिक्तता कायम हुनुपूर्व, संविधानको मर्मअनुरुप म राष्ट्रपति पद ग्रहण गर्दछु ।’ यस्तो घोषणा गरिरहँदा जेनीका दलका सांसदहरुले ताली बजाएर स्वागत गरे । मोरालेसका पार्टीका सांसदहरुले उनको कदमलाई अवैधानिक भन्दै बैठक बहिस्कार गरे ।

बोलिभियाको संवैधानिक अदालतले जेनीको घोषणलाई समर्थन गरेको छ । मेक्सिकोमा रहेका मोलालेसले ट्वीट् गर्दै भनेका छन्, ‘यो इतिहासकै डरलाग्दो र खतरनाक कु हो ।’


'इमरान खानका खेलहरु २६/११ क संचालकहरुका लागि ताजा प्रेरणा दिन्छ'
'इमरान खानका खेलहरु २६/११ क संचालकहरुका लागि ताजा प्रेरणा दिन्छ'

पाँच महिना अघि भारतको मुम्बईमाथि २००८ मा आतंकी आक्रमण गर्नेका सरगना प्रो। हफिज सइदलाई पाकिस्तानले थुनामा राख्यो, जो भारतको २६र११ को रूपमा मानिन्छ । त्यसपछी उनि साथ के भयो त्यस..

मिस वर्ल्ड २०१९ को उपाधि जमाइकाकी सुन्दरी टोनीलाई
मिस वर्ल्ड २०१९ को उपाधि जमाइकाकी सुन्दरी टोनीलाई

काठमाडौं । सन् २०१९ को मिस वर्ल्डको उपाधि जमाइकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । मिस वर्ल्डको ६९ औं संस्करणमा १२० देशका प्रतिस्पर्धीलाई उछिन्दै उनले प्रतियोगिताको शी..

दक्षिणी फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
दक्षिणी फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

मनिला । फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए । फिलिपिन्..

आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु
आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तान । शनिबार बिहान अफगानिस्तानमा आफ्नै सहकर्मीले चलाएको गोली लागेर  २३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।   अफगानिस्तानको पू..