ओलीको चार्तुयता: माधवलाई नजिक बनाएर प्रचण्डलाई चेक एण्ड ब्यालेन्स


नेपाल पाना प्रकाशित: २०७६-७-२८ गते
ओलीको चार्तुयता: माधवलाई नजिक बनाएर प्रचण्डलाई चेक एण्ड ब्यालेन्स

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बसी बसी देश मात्र होइन पार्टी पनि चार्तुयताका साथ चलाइरहेका छन् । उनी कहिले आफ्ना आन्तरिक प्रतिष्पर्धीसँग जुध्छन् त कहिले मनाएर नजिक ल्याउँछन् ।

कुनैबेला उनी प्रचण्डका कटु आलोचक थिए । प्रचण्डलाई उखान र टुक्का प्रयोग गरी व्यङ्ग्य गर्थे । प्रधानसेनापति प्रकरणमा उनले भनेका थिए, प्रचण्डरुपी बेलुन फुलेको थियो, कटवालरुपी छेस्कोले घोच्दा प्याट्ट फुट्यो । भन्न बाँकी नराख्ने ओलीले प्रचण्डलाई नजिक मात्र ल्याएनन पार्टी एकीकरण गराए । अहिलेपनि प्रचण्डलाई बेला बेलामा दबाब दिन्छन् र असन्तुष्टि भए फेरि नजिक ल्याउँछन् । ओली कहिलेकाहीं यति रुखा हुन्छन् कि बालुवाटारमा भेट्न आएका प्रचण्डलाई समेत घन्टौं कुराइदिन्छन् ।

ओलीले केही महिना अघि वरिष्ठ नेता माधवकुमार नेपाललाई साइजमा ल्याउन कदम चाले । वरियतामा नेपाललाई झलनाथ खनालभन्दा तल राखिदिए । नेपाल जति असन्तुष्ट हुन्छन् उति नै पेल्ने काम गरे । प्रदेश प्रमुखको नियुक्तिमा पनि उनको मान्छे एकजना पारेनन् । यो हदसम्म पेल्दा नेपाल निकै असन्तुष्ट भए । उनले नोट अफ डिसेन्टहरु लेखे । तैपनि, ओलीले कुनै मतलब गरेनन् । माधव नेपालको नजिक भएर काम गरेका ओलीले उनलाई राम्रै बुझेका थिए ।

ओलीले बुधबार अर्को अस्त्र फाले । बोलचाल बन्दको अवस्थाका माधवकुमार नेपाललाई बालुवाटारमा बोलाएर सँगै खाना खाए । पार्टीको आन्तरिक राजनीतिबारे छलफल गरे । प्रचण्डसँग नजिकिइसकेका नेपाललाई आफ्नो नजिक ल्याउन कदम चाले । पार्टीका वरिष्ठ नेतासँगको चीसोपन हटाएका छन् ।
सरकारमा मन्त्रीहरु परिवर्तनबारे ओलीले निर्णय लिने चर्चा भइरहँदा नेपाललाई बालुवाटारमा डाकेर घन्टौं गफिए । 

उनी फेरि नेपाललाई नजिक ल्याएर प्रचण्डलाई साइजमा ल्याउने अस्त्र प्रयोग गर्दैछन् । कुनैबेला टाढिएका वामदेव गौतमलाई नजिक ल्याए । उनकै सहयोगले पार्टी अध्यक्षमा निर्वाचित भए । पछि वामदेव टाढिए । अहिले वामदेव ओलीको नजिक पुगेका छन् । ओलीको चतुर रणनीतिका कारण उनी शक्तिशाली बनिरहेका छन् । रिपोर्टर्स नेपाल


चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति
चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति

काठमाडौं । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले ३ देशबाट ल्याइने औषधीमा आपत्ति जनाएका छन् । आज बसेको बैठकमा संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले..

नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु
नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन् ।..

नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे
नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दैछ ।  भोलि बस्ने स्थायी समितिको बैठकको एजेण्डा तय गर्नको लागि आजको सचिवालय बैठ..

दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल
दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुई दिन गुप्तवास बसेर पार्टीको प्रतिवेदन तयार पारेका छन् । यही मंसिर २९ गते बस्ने पार्टीको स्थायी समिति बैठकमा पेश गर्नेगरि उनले प्..