नेकपा निकट राष्ट्रिय युवा सङ्घले तोक्यो ७७ जिल्लामा संयोजक र सहसंयोजक


रासस प्रकाशित: २०७६-७-२८ गते
नेकपा निकट राष्ट्रिय युवा सङ्घले तोक्यो ७७ जिल्लामा संयोजक र सहसंयोजक

काठमाडौँ । नेकपा निकट राष्ट्रिय युवा सङ्घ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ । सङ्घको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले सङ्घको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्याएको सङ्घका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्वएमाले निकट संयोजक र ३५ जिल्लामा पूर्वमाओवादी निकट योङ कम्युनिष्ट लिग रहेका छन् । पार्टी एकतापछि जनवर्गीय सङ्गठनमा तल्लो तहसम्मको एकता प्रक्रिया टुङ्ग्याउने सङ्घ पहिलो सङ्गठन हो ।

जिल्ला संयोजक र सहसंयोजकले जिल्ला कमिटीको एकता टुङ्ग्याउनेछ । सङ्घको ३३५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । बैठकले आगामी शनिबार काठमाडौँमा केन्द्रीय समितिको शपथग्रहण तथा केन्द्रीय कमिटी बैठक र मङ्सिर १ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको सङ्घका संयोजक सापकोटाले जानकारी दिए ।


धारिलो हतियार प्रयोग गरेर हत्या गरेको १५ वर्षपछि हत्यारा पक्राउ
धारिलो हतियार प्रयोग गरेर हत्या गरेको १५ वर्षपछि हत्यारा पक्राउ

नुवाकोट । १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गा..

चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति
चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति

काठमाडौं । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले ३ देशबाट ल्याइने औषधीमा आपत्ति जनाएका छन् । आज बसेको बैठकमा संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले..

आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु
आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तान । शनिबार बिहान अफगानिस्तानमा आफ्नै सहकर्मीले चलाएको गोली लागेर  २३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।   अफगानिस्तानको पू..

पार्किङ राखेको हेलिकोप्टर हिउँले ढपक्कै !
पार्किङ राखेको हेलिकोप्टर हिउँले ढपक्कै !

काठमाडौं । उच्च हिमाली क्षेत्र मुगु, डोल्पा, मनाङ, मुस्तङ, सोलुखुम्बु, ओखलढुंगालगायत विभिन्न जिल्लामा हिमपात भएको छ । हिमपातकै कारण शुक्रबार डोल्पाको जुफाल विमानस्थलबाट उडा..