रुपज्योतिलाई रिहाको माग गर्दै काठमाडौँमा मौन जुलुस


नेपाल पाना प्रकाशित: २०७६-७-२८ गते
रुपज्योतिलाई रिहाको माग गर्दै काठमाडौँमा मौन जुलुस

काठमाडौँ । उद्योगपति रुपज्योतिलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौँमा मौन जुलुस निकालेका छन्।

सुध्रिने मौकासमेत नदिई पूर्व अर्थ राज्यमन्त्रीसमेत रहेका उद्योगपति ज्योतिलाई ठगीको आरोपमा पक्राउ गरेको उल्लेख गर्दै तत्काल रिहा गर्न माग गर्दै बिहीबार बिहान काठमाडौँको न्यूरोडस्थित जुद्ध शालिक अगाडि उद्योगी, व्यवसायीहरुले मौन जुलुस निकालेका हुन्।

उद्योगी, व्यवसायीहरुलाई सुध्रिने मौकासमेत नदिई धरपक्कड गर्ने, पक्राउ गर्ने लगायतका काम नगर्न सरकारको ध्यानाकर्षण गराउन मौन जुलुससहितको शान्तिपूर्ण विरोध प्रर्दशनको कार्यक्रम आयोजना गर्नुपरेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए।

उनले उद्योगी, व्यवसायीहरुको सुरक्षा र सम्मानमाथि आँच आउने गरी कुनै पनि कानुन निर्माण नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। उद्योगपति ज्योतिलाई जग्गाको कारोबारमा ठगी गरेको आरोपमा गत कार्तिक २१ गते बिहीबार पक्राउ गरिएको थियो।

नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौँको आह्वानमा आयोजना गरिएको मौन जुलुसमा उनीहरुले व्यवसायीहरुलाई धरपक्कड नगरी सम्मान र सुरक्षाका साथ व्यवसाय गर्ने वातावरण बनाउन पनि सरकारसँग माग गरेका थिए।


धारिलो हतियार प्रयोग गरेर हत्या गरेको १५ वर्षपछि हत्यारा पक्राउ
धारिलो हतियार प्रयोग गरेर हत्या गरेको १५ वर्षपछि हत्यारा पक्राउ

नुवाकोट । १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गा..

चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति
चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति

काठमाडौं । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले ३ देशबाट ल्याइने औषधीमा आपत्ति जनाएका छन् । आज बसेको बैठकमा संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले..

आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु
आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तान । शनिबार बिहान अफगानिस्तानमा आफ्नै सहकर्मीले चलाएको गोली लागेर  २३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।   अफगानिस्तानको पू..

पार्किङ राखेको हेलिकोप्टर हिउँले ढपक्कै !
पार्किङ राखेको हेलिकोप्टर हिउँले ढपक्कै !

काठमाडौं । उच्च हिमाली क्षेत्र मुगु, डोल्पा, मनाङ, मुस्तङ, सोलुखुम्बु, ओखलढुंगालगायत विभिन्न जिल्लामा हिमपात भएको छ । हिमपातकै कारण शुक्रबार डोल्पाको जुफाल विमानस्थलबाट उडा..