जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा


नेपाल पाना प्रकाशित: २०७६-८-१ गते
जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि थापाविरुद्ध विशेष अदालतले १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

आयोगले गरेको छानबिनका क्रममा थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारद्वार विशेष अदालतमा दायर अभियोग पत्रमा सेवा प्रवेश गरेको मिति ४ जेठ २०५४ देखि आर्थिक वर्ष २०७५/०७६ सम्म १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ अवैध रुपमा आर्जन गरेका दाबी गरिएको छ ।

अख्तियारका अनुसार थापाले अवैध रुपमा आर्जन गरेको सम्पत्ति आफ्नी श्रीमती गोमा कट्टेल थापाको नाममा राखेको पनि देखिएको छ । अख्तियारले थापासहित उनकी श्रीमती गोमाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले थापाविरुद्ध १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ बिगो असुल उपर गरी बिगोअनुसार जरिवाना र सम्पत्ति जफतसहित २ वर्ष कैद सजायको मागदाबी गरेको छ ।

यस्तै, थापाकी श्रीमतीको नाममा रहेको सम्पत्ति जफतको मागदाबी गर्दै उनीविरुद्ध अभियोग पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


श्रीमानसंगै सुतेकी श्रीमती कसरी झुण्डिइन् ?, प्रहरी परिसरमै लाठीचार्ज
श्रीमानसंगै सुतेकी श्रीमती कसरी झुण्डिइन् ?, प्रहरी परिसरमै लाठीचार्ज

पोखरा । ममता मल्लको हत्या कि आत्महत्या भन्ने सम्बन्धमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । २४ वर्षिय मल्लको मृत्यु प्रकरणको विषयलाई लिएर माईति पक्षले छनविनको माग..

सिन्धुपाल्चोक बस दुर्घटना: मृत्यु हुनेको संख्या १५ पुग्यो, १७ जना घाइते 
सिन्धुपाल्चोक बस दुर्घटना: मृत्यु हुनेको संख्या १५ पुग्यो, १७ जना घाइते 

काठमाडौँ । दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७  स्थित ६ किलोमा दुर्घटना हुँदा मृत्यु हुने..

दक्षिणी फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
दक्षिणी फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

मनिला । फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए । फिलिपिन्..

नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु
नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन् ।..