देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 


नेपाल पाना प्रकाशित: २०७६-८-१ गते
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् । 

उनले आफ्नो नेतृत्वको सरकारलाई देशभक्त भन्दै भूमि मिचिन नदिने बताएका हुन् । ‘देशमा देशभक्त सरकार छ’ ओलीले भने, ‘यो सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैन र अरुको भूमि पनि लिदैन ।’

ओलीले नेपाली भूमिबाट विदेशी सेना फिर्ता हुनुपर्ने बताए । उनको संकेत भारतीय सेनातर्फ थियो जो कालापानी क्षेत्रमा बसेको छ । निकै जोसका साथबोलेका ओलीले भाषणका क्रममा संवादबाट कालापानीको समस्या समाधान गर्ने बताए । उनले कुटनीतिक पहल शुरु गरिएको समेत बताए ।

कालापानीलाई समावेश गरी भारतले नयाँ नक्शा जारी गरेको बारे देशभर विरोध प्रदर्शन भइरहँदा ओलीको भनाई पहिलोपटक आएको हो । उनले नेपालले छिमेकसँग तनाव नचाहेको समेत बताए ।


चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति
चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति

काठमाडौं । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले ३ देशबाट ल्याइने औषधीमा आपत्ति जनाएका छन् । आज बसेको बैठकमा संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले..

नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु
नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन् ।..

नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे
नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दैछ ।  भोलि बस्ने स्थायी समितिको बैठकको एजेण्डा तय गर्नको लागि आजको सचिवालय बैठ..

दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल
दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुई दिन गुप्तवास बसेर पार्टीको प्रतिवेदन तयार पारेका छन् । यही मंसिर २९ गते बस्ने पार्टीको स्थायी समिति बैठकमा पेश गर्नेगरि उनले प्..