जब रोकिराखेको विमाननजिकै चट्याङ पर्‍यो


नेपाल पाना प्रकाशित: २०७६-८-५ गते
जब रोकिराखेको विमाननजिकै चट्याङ पर्‍यो

न्यूजील्यान्ड । क्राइस्टचर्च विमानस्थलको धावनमार्गमा रोकेर राखिएको एउटा विमाननजिकै चट्याङ परेको छ । विमान नजिकै चट्याङ परेको दृश्य एक प्रत्यक्षदर्शीले खिचेका छन् ।

एमिरेट्स विमानसेवाको एअरबस ए ३८० अगाडि र चट्याङ पछाडि देखिने उक्त तस्बिर विमानस्थलमै रहेको एउटा हेलिकप्टरका चालकले स्थानीय समयानुसार अपराह्ण ३:३० बजे खिचेका थिए।

उक्त कम्पनीले आफ्नो फेसबुक पेजमा आफ्नो झ्यालबाहिर त्यस्तो दृश्य देखिएको उल्लेख गर्दै तस्बिर प्रेषित गरेको छ । उसका अनुसार उक्त विमान हावाहुरी चलेका कारण धावनमार्गमै रोकिएको थियो ।

न्यूजील्यान्डको मौसम हेर्ने निकायले उक्त क्षेत्रमा चट्याङसहित हावाहुरी आउन सक्ने चेतावनी दिएको थियो । क्यान्टबरीका कतिपय क्षेत्रमा ठूलो हवाहुरी र अण्डाजत्रा असिना परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्थानीय सांसद एन्ड्र्यू फ्यालूनले आफ्नो कार्यलयबाहिर परेको असिनाको भिडिओ खिचेकाट्विटरमा प्रेषित गरेका छन्। न्यूजील्यान्डको मेटसर्भिसले दुई घण्टाको अवधिमा उक्त क्षेत्रमा सात सयवटा चट्याङ परेको जनाएको छ। तर मौसमसम्बन्धी चेतावनी अहिले हटाइसकिएको अधिकारीहरूले जनाएका छन्।


पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ इमरान खान, यस्ताे छ रहस्य ?
भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ इमरान खान, यस्ताे छ रहस्य ?

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ छन् । पाकिस्तानमा रहेको आर्थिक संकट समाधान हुने भएकाले इमरान खान भारतसँग मिल्न खोज्दैँ गरे..

श्रीलंकाको गृहयुद्धमा २० हजार मारिएको घोषित
श्रीलंकाको गृहयुद्धमा २० हजार मारिएको घोषित

काठमाडौं । श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेले गृहयुद्धमा वेपत्ता २० हजार सबै मारिएको घोषणा गरेका छन् । सामेबार कालेम्बोमा श्रीलंकाका लागि संयुक्तराष्ट्रसंघका दूत हना..

रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु
रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु

मस्को । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।   स्थानीय..