भारतमा सडक दुर्घटना,  १२ व्यक्तिको मृत्यु, १० जना घाइते


नेपाल पाना प्रकाशित: २०७६-८-७ गते
भारतमा सडक दुर्घटना,  १२ व्यक्तिको मृत्यु, १० जना घाइते

भारत । राजस्थानमा शनिबार बिहान भएको बस दुर्घटनामा परी १२ व्यक्तिको मृत्यु भएको छ । 

यस दुर्घटनामा एक बालक र पाँच महिलासहित १२ को मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका स्थानीय प्रहरी स्रोतले जनाएको छ। दुर्घटना भएको सो बसका यात्रुहरु दक्षिणपश्चिमी राज्य महाराष्ट्रको लातूर जिल्लाबाट उत्तरी राज्य हरियाणाको हिसार जिल्लामा रहेको धार्मिक स्थलमा गइरहेका प्रहरी स्रोतले  जनाएको छ । 

शनिबार बिहान ३:३० बजे राजस्वको नागुर जिल्लाको किशनगढ ज्बल हनुमानगढ़ राजमार्गमा एक मिनीबसले सडक डिभाइडरलाई ठक्कर दिएपछि सो दुर्घटना भएको जनाइएको छ। बसचालकले गाडीको नियन्त्रण गुमाएपछि उक्त दुर्घटना भएको थियो ।  

उक्त दुर्घटना नागौर जिल्लाको कुचामन शहरको नजिक भएको थियो। चार घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। छ जना गम्भीर घाइतेलाई राज्यको राजधानी जयपुरको सुपर स्पेशलिटी अस्पताल लगिएको जनाइएको छ ।


पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ इमरान खान, यस्ताे छ रहस्य ?
भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ इमरान खान, यस्ताे छ रहस्य ?

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ छन् । पाकिस्तानमा रहेको आर्थिक संकट समाधान हुने भएकाले इमरान खान भारतसँग मिल्न खोज्दैँ गरे..

श्रीलंकाको गृहयुद्धमा २० हजार मारिएको घोषित
श्रीलंकाको गृहयुद्धमा २० हजार मारिएको घोषित

काठमाडौं । श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेले गृहयुद्धमा वेपत्ता २० हजार सबै मारिएको घोषणा गरेका छन् । सामेबार कालेम्बोमा श्रीलंकाका लागि संयुक्तराष्ट्रसंघका दूत हना..

रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु
रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु

मस्को । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।   स्थानीय..