महङ्गी विरुद्ध विपक्षीको प्रदर्शन, कैयौँ प्रदर्शनकारी पक्राउ


नेपाल पाना प्रकाशित: २०७६-८-८ गते
महङ्गी विरुद्ध विपक्षीको प्रदर्शन, कैयौँ प्रदर्शनकारी पक्राउ

तेहरान । इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन् । 

उनीहरुले सरकारले गत हप्ता पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि त्यसकोे विरोधमा प्रदर्शन शुरु गरेका हुन् । त्यस विरोध प्रदर्शनका क्रममा केही कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इरानको एक समाचार संस्था इस्नाले जनाएअनुसार शनिबार भएको विरोध प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने अरु केही पक्राउ परेका छन् । इरानमा अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको छ । यसका साथै तेल निर्यातमा पनि उसले इरानमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी यो नाकाबन्दीपछि इरानको अर्थ व्यवस्था सङ्कटमा पर्न लागेको बताउन थालिएको छ । यसै समयमा इरानले पेट्रोलियम पदार्थमा पनि मूल्य बृद्धि गरेको छ । इरानी राष्ट्रपति हसन रौहानीले इरानका बहुसंख्यक जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सङ्कलन हुने रकम जनतालाई नै वितरण गरिने जानकारी दिइएको थियो ।

इरानको सरकारले गतवर्षको डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने जनाएको थियो । तर पनि यस निर्णयको यहाँका सर्वसाधारणले विरोध गरेका कारण संसदले यो प्रस्तावलाई अस्वीकृत गरेको थियो ।


पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ इमरान खान, यस्ताे छ रहस्य ?
भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ इमरान खान, यस्ताे छ रहस्य ?

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ छन् । पाकिस्तानमा रहेको आर्थिक संकट समाधान हुने भएकाले इमरान खान भारतसँग मिल्न खोज्दैँ गरे..

श्रीलंकाको गृहयुद्धमा २० हजार मारिएको घोषित
श्रीलंकाको गृहयुद्धमा २० हजार मारिएको घोषित

काठमाडौं । श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेले गृहयुद्धमा वेपत्ता २० हजार सबै मारिएको घोषणा गरेका छन् । सामेबार कालेम्बोमा श्रीलंकाका लागि संयुक्तराष्ट्रसंघका दूत हना..

रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु
रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु

मस्को । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।   स्थानीय..