हङ्गकङ्गको लोकतान्त्रिक आन्दोलनमा चीनले सेना खटायो 


नेपालपाना प्रकाशित: २०७६-८-९ गते
हङ्गकङ्गको लोकतान्त्रिक आन्दोलनमा चीनले सेना खटायो 

काठमाडौं । हङ्गकङ्गमा गत पाँच महिनादेखि भईरहेको प्रदर्शनमा चीनले सेना परिचालन गरेको छ । लोकतन्त्रको माग गर्दै भईरहेको सो प्रदर्शनमा बेइजिङले शनिबार सेना परिचालन गरेको हो । यसअघि बेलायती उपनिवेश भोगेको र अहिले चीनको नियन्त्रणमा रहेको हङ्गकङ्गमा एक प्रत्यर्पण कानूनको विरोधमा आन्दोलन शुरु भएको थियो । 

हङ्गकङ्गबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टका अनुसार आन्दोलन शुरु भएको पाँच महिनापछि विश्वकै सबैभन्दा ठूलो आकारको चीनियाँ जनमुक्ति सेना (पीएलए) लाई हङ्गकङ्गमा पहिलोपटक परिचालन गरिएको हो । परिचालित सैनिकले सडकमा रहेका अवरोध हटाएको बताईएको छ । 

यो बर्ष स्थानीय सैनिक छाउनीबाट चीनियाँ जनमुक्ति सेनालाई पहिलोपटक तथाकथित जनसामूदायिक कार्यमा लगाईएको हो । आन्दोलन नियन्त्रणका लागि परिचालित अधिकांश सैनिकले हरियो टीसर्ट र कालो पाइन्ट लगाएका थिए । उनीहरुको हातमा रातो रङ्गको बाल्टिन रहेको र रेनफ्रियु सडकमा अवरोध हटाउन बिहान ४ बजेदेखि नै परिचालित हुने गरेको खबरहरुमा उल्लेख छ । 

आफुहरुको कामसँग हङ्गकङ्ग सरकारको कुनै लेनदेन नभएको एक चीनियाँ सैनिकले बताए । हिंसा रोक्नु र अव्यवस्था अन्त्य गर्नु आफुहरुको जिम्मेवारी भएको बताइरहेका सेनासँग बारुणयन्त्र र प्रहरी अधिकारीसमेत एकैसाथ परिचालित भईरहेका छन् । उनीहरुले एकैसाथ सडक समेत सफा गरिरहेका छन् ।

हङ्गकङ्गका सुरक्षा–सचिव जोन लिले यसअघि नै चीनियाँ सेनालाई सैन्यस्थल बाहिर स्वयंसेवाका लागि परिचालित हुने या नहुने निर्णय गर्न स्वतन्त्र रहेको र स्थानीय सरकारसँग यसअघि भएका यस्ता गतिविधीबारे समेत कुनै जानकारी नरहेको बताएका थिए । 

गत बर्षको अक्टोबरमा मांगखुत तुफान आएका बेला पनि ४०० भन्दा बढी चीनियाँ जनमुक्ति सेना (पीएलए) का जवानहरु हङ्गकङ्गको काउन्टी पार्कमा भेला भएका थिए ।


पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ इमरान खान, यस्ताे छ रहस्य ?
भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ इमरान खान, यस्ताे छ रहस्य ?

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ छन् । पाकिस्तानमा रहेको आर्थिक संकट समाधान हुने भएकाले इमरान खान भारतसँग मिल्न खोज्दैँ गरे..

श्रीलंकाको गृहयुद्धमा २० हजार मारिएको घोषित
श्रीलंकाको गृहयुद्धमा २० हजार मारिएको घोषित

काठमाडौं । श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेले गृहयुद्धमा वेपत्ता २० हजार सबै मारिएको घोषणा गरेका छन् । सामेबार कालेम्बोमा श्रीलंकाका लागि संयुक्तराष्ट्रसंघका दूत हना..

रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु
रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु

मस्को । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।   स्थानीय..