चीनलाई झस्काउने गरी आयो हङ्गकङ्गको चुनावी परिणाम


नेपालपाना प्रकाशित: २०७६-८-९ गते
चीनलाई झस्काउने गरी आयो हङ्गकङ्गको चुनावी परिणाम

काठमाडौं । हङकङमा भएको जिल्ला काउन्सिलको चुनावी परिणाम चीनलाई झस्काउने गरी आएको छ । 

चीनसँगको सुपुर्दगी सन्धीलाई लिएर विगत पाँच महिनादेखि आन्दोलनको भूमरीमा फसेको हङ्गकङ्गमा तनावकै बीच चुनाव भएको थियो । हालसम्म आएको चुनावी परिणामअनुसार लोकतान्त्रिक पक्षधरहरुले २७८ सिटमा जीत हासिल गरेका छन् भने चीन समर्थक ४२ उम्मेदवार मात्रै विजयी भएका छन् । 

लोकतन्त्रको माग गर्दै भईरहेको प्रदर्शनको प्रभाव हङ्गकङ्गको चुनावमा पनि राम्ररी नै परेको देखिएको छ । बेइजिङ पक्षधर विवादास्पद छवी भएका सांसद जुनिअस हो अनपेक्षित रूपमा पराजित भएका छन् । तर आन्दोलनको अगुवाई गरिरहेका नागरिक मानव अधिकार मोर्चाका नेता जिम्मी सामले चुनाव जितेका छन् । 

कुल ४०० जिल्ला परिषद सदस्यका लागि हङ्गकङ्गमा चुनाव भईरहेको हो । यो निर्वाचनमा करिब ३० लाख मतदाताले मतदान गरेका छन् ।


पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ इमरान खान, यस्ताे छ रहस्य ?
भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ इमरान खान, यस्ताे छ रहस्य ?

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ छन् । पाकिस्तानमा रहेको आर्थिक संकट समाधान हुने भएकाले इमरान खान भारतसँग मिल्न खोज्दैँ गरे..

श्रीलंकाको गृहयुद्धमा २० हजार मारिएको घोषित
श्रीलंकाको गृहयुद्धमा २० हजार मारिएको घोषित

काठमाडौं । श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेले गृहयुद्धमा वेपत्ता २० हजार सबै मारिएको घोषणा गरेका छन् । सामेबार कालेम्बोमा श्रीलंकाका लागि संयुक्तराष्ट्रसंघका दूत हना..

रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु
रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु

मस्को । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।   स्थानीय..