हङ्‌कङमा आन्दोलनकारीको ठूलो सफलता


नेपाल पाना प्रकाशित: २०७६-८-९ गते
हङ्‌कङमा आन्दोलनकारीको ठूलो सफलता

एजेन्सी । हङ्‌कङमा विपक्षी आन्दोलनका सदस्यहरूलाई जिल्ला तहको चुनावमा ठूलो सफलता मिलेको छ । 

उनीहरूले घोषित २४१ स्थानमध्ये २०१ स्थानमा विजय हासिल गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएको छ । बेइजिङसमर्थक उम्मेदवारले २८ स्थानमा मात्र जितेको बिबिसीले जनाएको छ । करिब २९ लाख मतदाताले मतदान गरेको जनाइएको छ । 

निर्वाचनमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी समूहहरूले पाँच महिनासम्मको तनाव र प्रदर्शनपछि चिनियाँ सरकारलाई स्पष्ट सन्देश दिन चाहेको देखिएको छ । यसलाइ सङ्कटमा परेकी हङ्‌कङकी प्रमुख कार्यकारी क्यारी लामको परीक्षाका रूपमा हेरिएको छ ।

बेइजिङ पक्षधर उम्मेदवारहरूले पाँच महिनादेखि चलिरहेका प्रहरी-प्रदर्शनकारी झडपप्रतिको असन्तुष्टि पोख्न आफूलाई समर्थन गर्न आग्रह गरेका थिए तर नतिजा उल्टो देखिएको छ ।

हाल हङ्‌कङमा बसोबास गर्ने ७४ लाख जनसङ्ख्यामध्ये ४१ लाख मतदाता नामावालीमा समावेश थिए । हङ्‌कङका जिल्ला पार्षदहरूले शहरको बस गुड्ने बाटो र फोहरमैला सङ्कलन जस्ता विषयमा सरोकार राख्दछन् ।


पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ इमरान खान, यस्ताे छ रहस्य ?
भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ इमरान खान, यस्ताे छ रहस्य ?

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान भारतसँगको सम्बन्ध राम्रो बनाउन खोज्दैँ छन् । पाकिस्तानमा रहेको आर्थिक संकट समाधान हुने भएकाले इमरान खान भारतसँग मिल्न खोज्दैँ गरे..

श्रीलंकाको गृहयुद्धमा २० हजार मारिएको घोषित
श्रीलंकाको गृहयुद्धमा २० हजार मारिएको घोषित

काठमाडौं । श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेले गृहयुद्धमा वेपत्ता २० हजार सबै मारिएको घोषणा गरेका छन् । सामेबार कालेम्बोमा श्रीलंकाका लागि संयुक्तराष्ट्रसंघका दूत हना..

रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु
रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु

मस्को । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।   स्थानीय..