यदि राजपा सरकारमा आउँछ भने म तत्काल छोड्न तयार छु: उपेन्द्र यादव


नेपाल पाना प्रकाशित: २०७६-८-११ गते
यदि राजपा सरकारमा आउँछ भने म तत्काल छोड्न तयार छु: उपेन्द्र यादव

काठमाडौं । उपप्रधान तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले राजपा नेपाल सरकारमा आए आफू छोड्न तयार रहेको स्पष्ट पारेका छन् । 

उनले भने,‘यदि राजपा आउँछ भने म तत्काल छोड्न तयार छु ।’ त्यस्तै, यादवले प्रदेश नम्बर २ मा रहेको राजपा र समाजवादी पार्टीको गठबन्धनमा रहेको सरकारलाई निरन्रता दिने स्पष्ट पारे । उनले भने,‘यो गठबन्धन कायम राख्नुपर्छ ।’ उनले मन्त्रिमण्डल पूनर्गठन सामान्य प्रक्रिया भएको टिप्पणी गरे । 

उनले भने,‘प्रधानमन्त्रीले मलाई कानून मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । सायद संविधान संशोधन गराउनकोलागि होला । उहाँले मलाई संविधान संशोधन गराउने जिम्मेवारी दिनुभएको होला भन्ने मैले बुझेको छु । संसदको आउने अधिवेशनमा संशोधन प्रस्ताव दर्ता हुन्छ ।’ उनले संविधान संशोधनको लागि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैले सकारात्मक प्रतिबद्धता जनाएको बताए ।

त्यस्तै, उनले भारतसँगको सीमा विवाद नेपाल सरकारले कुटनीतिक तहमा छलफल गरेर समाधान गर्ने विश्वास दिलाए । उनले भने,‘हामी भारतसँग कुटनीतिक रुपमा छलफल गर्छौं । सीमानामा खुकुरी नचाएर वा प्रदर्शन गरेर केही पनि हुँदैन् ।’

फरक प्रसँगमा उनले राजपा नेपालसँग आफ्नो पार्टीको एकता हुने सम्भावना बढेर गएको सुनाए । यादवले भने,‘पार्टी एकता हाम्रो नीति तथा कार्यक्रम नै हो । हामी अघि बढिरहेका छौं ।’ त्यस्तै, उनले मुलुकको विकास र समृद्धिको लागि आगामी निर्वाचनपछि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति हुनुपर्ने बताए 


चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति
चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति

काठमाडौं । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले ३ देशबाट ल्याइने औषधीमा आपत्ति जनाएका छन् । आज बसेको बैठकमा संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले..

नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु
नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन् ।..

नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे
नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दैछ ।  भोलि बस्ने स्थायी समितिको बैठकको एजेण्डा तय गर्नको लागि आजको सचिवालय बैठ..

दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल
दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुई दिन गुप्तवास बसेर पार्टीको प्रतिवेदन तयार पारेका छन् । यही मंसिर २९ गते बस्ने पार्टीको स्थायी समिति बैठकमा पेश गर्नेगरि उनले प्..