प्रधानमन्त्री ओलीलाई केही दिनसम्म आईसीयुमै राखिने 


नेपालपाना प्रकाशित: २०७६-८-१२ गते
प्रधानमन्त्री ओलीलाई केही दिनसम्म आईसीयुमै राखिने 

काठमाडौं । एपेन्डिसाइटिस भई गम्भीर बिरामी परेपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन सघन उपचार कक्ष (आईसीयू) मै राखिने भएको छ । 

स्वास्थ्यमा केही सुधार आएपनि उपचाररत चिकित्सकहरुले स्वास्थ्यअवस्थालाई मध्येनजर गर्दै प्रधानमन्त्रीलाई आईसीयूमै राखिने जानकारी दिएका छन् । ओली शिक्षण अस्पताअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत छन् । 

यो पनि पढ्नुहोस : प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार (अस्पतालको विज्ञप्तिसहित)

पेट दुखेछि मंगलबार बिहानै अस्पताल पुगेका ओलीको आकस्मिक रुपमै एपेन्डिसाईटिसको अप्रेशन गरिएको थियो । अप्रेशनपछि भेन्टिलेटरमा राखिएका ओलीलाई बुधबार बिहान आईसीयू कक्षमा सारिएको हो । अब प्रधानमन्त्रीलाई कम्तिमा १० दिन अस्पतालमै राखिनसक्ने अस्पताल स्रोतले जानकारी दियो । 

चिकित्सक र सल्लाहकारहरुले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थामा सुधार आईरहेको जानकारी दिएका छन् । बुधबार बिहान केही समय कूर्सीमा बसी कालोचिया समेत पिएका ओलीले आफ्नो स्वास्थ्यप्रति सार्वजनिक चासोबारे जिज्ञासा राखेका थिए । 

करिब एक दशकअघि मृर्गौला प्रत्यारोपण गरेका ओलीले स्वदेश र विदेशमा पटक–पटक डायलाईसिस गराउँदै आएका छन् । मृर्गौलाकै समस्याले गालिरहेका बेला एपेन्डिसाईटिस समेत भएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे सर्वत्र चासो र चिन्ता बढेको छ ।


चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति
चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति

काठमाडौं । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले ३ देशबाट ल्याइने औषधीमा आपत्ति जनाएका छन् । आज बसेको बैठकमा संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले..

नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु
नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन् ।..

नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे
नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दैछ ।  भोलि बस्ने स्थायी समितिको बैठकको एजेण्डा तय गर्नको लागि आजको सचिवालय बैठ..

दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल
दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुई दिन गुप्तवास बसेर पार्टीको प्रतिवेदन तयार पारेका छन् । यही मंसिर २९ गते बस्ने पार्टीको स्थायी समिति बैठकमा पेश गर्नेगरि उनले प्..