विश्व बैंकले नेपाललाई फेरि ऋणमा जाक्यो, रोजगारी र शिक्षाका नाममा सवा १६ अर्बको सम्झाैता


नेपालपाना प्रकाशित: २०७६-८-१२ गते
विश्व बैंकले नेपाललाई फेरि ऋणमा जाक्यो, रोजगारी र शिक्षाका नाममा सवा १६ अर्बको सम्झाैता

काठमाडौं । अल्पविकसित मुलुकलाई ऋणको भारी बोकाई पश्चिमा स्वार्थअनुसार काम गर्ने विश्व बैंकले नेपाललाई फेरि अर्को घानमा हालेको छ । 

युवा रोजगारी र विद्यालय क्षेत्र विकासका नाममा अमेरिकी नेतृत्वको सो बैंकले १६ अर्ब ३७ करोड १३ लाख ऋण सम्झौतामा हस्ताक्षर गराएको हो । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव राजन खनाल र नेपालस्थित विश्व बैंकका देशीय प्रबन्धक फारिस हडाड जेर्भोसले ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न १३ अर्ब ६३ करोड रुपैयाँ तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि दुई अर्ब ७४ करोड १३ लाख रुपैयाँ ऋण सहयोग गर्न लागेको बैंकले जनाएको छ ।

युवा रोजगारी रूपान्तरण प्रयास परियोजनाले ७५३ वटै स्थानीय तहमा रोजगारी सेवा केन्द्रबाट रोजगारीमा पहुँच वृद्धि गर्ने र सो परियोजना प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्तरूपमा कार्यान्वयन गर्ने जनाईएको छ ।

सो कार्यक्रममार्फत मुलुकको भौतिक पूर्वाधार परियोजनामा अस्थायी रोजगारीका अवसर सिर्जना गरिने छ भने युवा तथा महिलालाई ५० दिन रोजगारीको अवसर उपलब्ध गराइने छ।

सो अवसरमा सचिव खनालले नेपालको सामाजिक, आर्थिक र शैक्षिक विकासमा विश्व बैंकले निरन्तर गर्दै आएको सहयोगको सराहना समेत गर्न भ्याए ।


सुनचाँदीको भाउ घट्यो, कति छ आजको भाउ ?
सुनचाँदीको भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौँ । मंगलबार सुनको भाउमा तोलमा २ सय रुपैयाँ घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   सोमबार प्रतितोला ७१ हजार  कायम भएको छापावाल सुन आज तोल..

सुनचाँदीकै भाउ घट्यो, कति छ आजको भाउ ?
सुनचाँदीकै भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौँ । शुक्रबार प्रतितोला  ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावा सुन आज तोलामा ५ सय रूपैयाँ घटेर प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व..

सुनको भाउ घट्यो, कति छ आजको भाउ ?
सुनको भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा दुई सय रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यावसायी महासंघले दिएको जानकारी अनुसार आज बजा..

सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?
सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?

काठमाण्डौँ । मंगलबार ७१ हजार दुई सय रुपैयाँले कारोबार भइरहेको छापावाला सुनको मूल्य तोलामा आठ सयले बढेर प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसा..