च्याम्पियन्स लिग : डोर्टमण्डलाई पराजित गर्दै बार्सिलोना नकआउट चरणमा


नेपालपाना प्रकाशित: २०७६-८-१२ गते
च्याम्पियन्स लिग : डोर्टमण्डलाई पराजित गर्दै बार्सिलोना नकआउट चरणमा

काठमाडौं । बुधबार राती भएको खेलमा बोरुसिया डोर्टमण्डलाई ३–१ गोलअन्तरले हराउँदै स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरण प्रवेश गरेको छ । 

अन्तिम १६ मा स्थान बनाउने क्रममा क्लबका लागि ७००औं खेल खेलेका लियोनल मेस्सीले गोल गरे । साथै, बार्साका लागि लुईस स्वारेज र एन्ट्वान ग्रीजम्यानले पनि एक–एक गोल गर्न सफल भए । 

क्याम्प नोउमा भएको खेलमा लुइस स्वारेजले मेस्सीको पासमा गोल गर्दै २९ औँ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए । त्यसको चार मिनेटपछि नै स्वारेजको पासमा मेस्सीले प्रहार गरेको लेफ्ट फुटेड सट गोलमा परिणत भयो ।

यो मेस्सीले बार्सिलोनाका लागि गरेको ६१३ औँ गोल हो । पछिल्लो गोलसँगै अर्जेन्टिनी स्ट्राइकर मेस्सीले च्याम्पियन्स लिगमा गोल संख्या ११४ पुर्‍याएका छन् ।

जितसँगै जारी सिजनको लिगमा बार्सिलोनाले ११ अंक जोडेको छ । साथै बार्सिलानाकै समूहमा रहेका इटालियन क्लब इन्टर मिलान र बोरुसिया डोर्टमण्ड सात–सात अंकका साथ दोस्रो स्थानमा छ ।

मेस्सीले नै दिएको पासलाई ग्रिजम्यानले गोलमा परिणत गरेपछि पहिलो हाफमा दुई गोलको अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थप्यो ।


पीपीएल: पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्दै
पीपीएल: पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्दै

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिगको आज पहिलो दिन उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्दैछ ।   पोखरास्थित पोखरा क्रिकेट रंगश..

१३ औं सागः भुटानविरुद्ध नेपालले गर्‍यो दोश्रो गोल
१३ औं सागः भुटानविरुद्ध नेपालले गर्‍यो दोश्रो गोल

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा नेपालले दोश्रो गोल गरेको छ । यस अघि खेलको १५ औं मिनेटमा अभिषेक रिजालले एक गोल गर्दै नेपाललाई अग्रता दिएका थियाे..

१३ औं साग अपडेटः सनिलले स्वर्ण जितेसँगै नेपालको लक्ष्य पुरा
१३ औं साग अपडेटः सनिलले स्वर्ण जितेसँगै नेपालको लक्ष्य पुरा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । योसँगै सागमा जेपालको स्वर्ण संख्या ५० पुगेको छ । मंगलबार लगनखेलस्थित नेपाली सेनाको शार..

१३ औं सागः समापन समारोहसहित ५ खेलमा प्रतिस्पर्धा हुँदै
१३ औं सागः समापन समारोहसहित ५ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको अन्तिम दिन आज विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको दशौँ दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ..