चीनमाथि अमेरिकाको अर्को प्रहार, हङ्गकङ्गका प्रदर्शनकारीको समर्थनमा ट्रम्पद्वारा विद्येयक नै पारित 


नेपालपाना प्रकाशित: २०७६-८-१२ गते
चीनमाथि अमेरिकाको अर्को प्रहार, हङ्गकङ्गका प्रदर्शनकारीको समर्थनमा ट्रम्पद्वारा विद्येयक नै पारित 

काठमाडौं । चीनको कडा आपत्तिकै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङ्गकङ्गका प्रदर्शनकारीको समर्थमनमा ल्याईएको विधेयकलाई मञ्जुरी दिएका छन् । 

बाँकी चीनबाट हङ्गकङ्गलाई स्वायत्त बनाउन अमेरिकाले हालै 'द हङ्गकङ्ग ह्युमन राइट्स एण्ड डेमोक्रेसी एक्ट' ल्याएको थियो । राष्ट्रपति ट्रम्पले मञ्जुरी दिएसँगै अब अमेरिकाले हङ्गकङ्गको स्वायत्तताबारे बार्षिक समीक्षा समेत गर्नेछ । 

आफुले चीनका राष्ट्रपति तथा हङ्गकङ्गका जनतालाई सम्मान गरिरहेको बताएका ट्रम्पले भनेका छन् कि उनले चीनलाई चिढ्याउने सो विधेयकमा हस्ताक्षर गर्दैछन् । 

यो पनि पढ्नुहोस : हङ्गकङ्गको लोकतान्त्रिक आन्दोलनमा चीनले सेना खटायो 

राष्ट्रपति ट्रम्पले चालेको यो कदमले चीन र अमेरिकाको सम्बन्धमा जारी तनाव थप बढ्नसक्ने विश्लेषण गरिएको छ । चीनले यसअघि नै अमेरिकालाई हङ्गकङ्गको मामिलामा आफुलाई दख्खल नदिन भनेको थियो । 

चीनको विदेश मन्त्रालयले पनि मंगलबार बेईजिङ्गमा रहेका अमेरिकी राजदुतलाई हङ्गकङ्गका प्रदर्शनकारी समर्थन सो विधेयक पारित भएमा निम्तनसक्ने परिणामका लागि तयार भएर बस्नुपर्ने सन्देश दिएको छ । 

अहिले अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग एक व्यापारिक सम्झौताका लागि पनि तयारी गरिरहेका छन्, जसले दुई देशका बीचमा जारी व्यापार युद्धलाई समाप्त गरिदिने अपेक्षा राखिएको छ । तर, सम्झौताका लागि तयारी हुँदै गर्दा ट्रम्पले नै चीनलाई नराम्ररी चिढ्याउने विधेयक पारित गर्न लागेका हुन् । 

ट्रम्पले किन गरे विधेयकमा हस्ताक्षर 

यसअघि ट्रम्पले हङ्गकङ्गको स्वायत्ततासँग जोडिएको भनिएको यो विधेयक पारित गर्न खासै चासो देखाएका थिएनन् । उनले आफु हङ्गकङ्गको साथ खडा रहेको बताएका थिए । सोही क्रममा उनले चीनियाँ राष्ट्रपति सी चिनफिङ्गलाई पनि एक असल व्यक्ति भएको भन्दै प्रशंसा गरेका थिए । 

अमेरिकी संसदमा बढ्दै गएको दबाबका कारण ट्रम्पले यो विधेयकलाई मञ्जुरी दिएको अनुमान गरिएको छ । अमेरिकी कंग्रेसका कैयौं सदस्यहरुले यो विधेयकको समर्थन गरेका थिए । यो विधेयक नल्याउन ट्रम्पले भिटो नै प्रयोग गरेको अवस्थामा पनि सांसदहरुले मतदानमार्फत यसलाई जसरी पनि ल्याउने हैसियत राख्छन् ।

यो विधेयकसँगै ट्रम्पले अर्को एक विधेयकमा पनि हस्ताक्षर गरेका छन्, जसको मूख्य उद्देश्य हङ्गकङ्ग प्रहरीलाई उपलब्ध हुँदै आएको गोला–बारुदमा प्रतिबन्ध लगाउनु पनि हो । यस विधेयकका अनुसार हङ्गकङ्ग प्रहरीले भीडलाई नियन्त्रण गर्न जुन सामग्रीहरु प्रयोग गर्छन्, त्यसको निर्यातमा प्रतिबन्ध लगाउन खोजिएको छ ।  

यो पनि पढ्नुहोस : हाड–छाला छुट्याइदिने चीनको चेतावनीपछि अमेरिका थप क्रुद्द, हङ्गकङ्गबारे नयाँ विधेयक पारित

यी दुई विधेयक ल्याएसँगै ट्रम्पले चीन र हङ्गकङ्गका प्रतिनिधीहरुबीच बैठक हुनुपर्ने र अवस्था सुधार्नुपर्ने विचार व्यक्त गरेका छन् । चीन र हङ्गकङ्गका प्रतिनीधिहले आ–आफ्नो मतभेद भुलेर शान्ति र समृद्धितर्फ अघि बढ्नुपर्ने ट्रम्पले बताएका छन् । 

के छ नयाँ विधेयकमा ? 

अहिले हङ्गकङ्गको विरोध प्रदर्शनले हिंस्रक रुप लिईसकेको छ । तर अमेरिकाले चीनविरोधी विरोध प्रदर्शन शुरु हुँदै गर्दा गत जुनमा यो विधेयक पेश गरेको थियो । पछिल्ला महिनाहरुमा लगभग सबै अमेरिकी सांसदहरुले विधेयक जारी गर्न समर्थन दिएका छन् । 

यो विधेयकमा अमेरिकाले हङ्गकङ्ग चीनकै हिस्सा भएको, तर त्यहाँको कानूनी र आर्थिक व्यवस्था निकै हदसम्म चीनभन्दा अलग रहेको उल्लेख छ ।विधेयक जारी गरेपछि बर्षेनी समीक्षा गर्ने भन्नुको अर्थ हङ्गकङ्गमा चीनले नागरिकको स्वतन्त्रता हनन गरेको छ या छैन भन्ने बुझ्नु पनि हो । साथै, अब अमेरिकाले हङ्गकङ्गमा नियमअनुसार शासन चले/नचलेको पनि मूल्यांकन गर्नेछ ।

 हङ्गकङ्गको स्वायत्तता यथावत राखी सो भूभागसँगको विशेष व्यापारिक दर्जा कायम राख्नेबारे पनि अमेरिकाले नजर लगाईरहेको बताईएको छ । विशेष व्यापारिक दर्जाको अर्थ अमेरिकाले मूख्यभूमी चीनको विरुद्ध कुनै पावन्दी लगाउँदा पनि त्यसको असर हङ्गकङ्गमा नपरोस भन्ने हो । 

हङ्गकङ्गमा जारी प्रदर्शनमा सहभागी सबैलाई अमेरिकाले प्रवेशाज्ञा (भिषा) दिने व्यवस्था नयाँ विधेयकमा गरिएको छ । 

कस्तो छ हङ्गकङ्गको अवस्था ? 

मूख्यभूमी चीनलाई प्रत्यपर्ण अनूमति दिने तयारीका बीच हङ्गकङ्गमा जुनदेखि प्रदर्शन भईरहेको छ । यससम्बन्धी कानून नै बनाउन लागेपछि त्यहाँ व्यापक प्रदर्शन शुरु भएको थियो । प्रत्यर्पण कानूनका विरुद्ध शुरु भएको आन्दोलनले क्रमशः लोकतान्त्रिक आन्दोलनको स्वरुप लिँदै गएको छ । तर आन्दोलनका दौरानमा कैयौंपटक हिंस्रक प्रदर्शन समेत भएको देखिएको छ । 

प्रदर्शनकारीहरुले बारम्बार प्रहरीहरुमाथि समेत हमला गरिरहेका छन् र प्रहरीले पनि गोली चलाएको छ ।  प्रदर्शनकारीहरुले प्रहरीमाथि पेट्रोल बमसमेत फाल्ने गरेका छन् ।

हुलदङ्गा मच्चाउन खोज्ने यस्ता प्रदर्शनकारीलाई चीनले परिचालन गरेको समेत आरोप लाग्ने गरेको छ । प्रदर्शनकारीमाथि बर्बर दमन गरेको आरोप प्रहरीमाथि लगाईएको छ । 

के मुस्किलमै छन् त सी चिनफिङ्ग ? 

गत आईतबार हङ्गकङ्गमा स्थानीय परिषद्को चुनाव भएको थियो । यो चुनावको नतिजालाई सरकार र प्रदर्शनकारी लक्षित जनमतको रुपमा अथ्र्याइएको छ । 

यो पनि पढ्नुहोस : चीनलाई झस्काउने गरी आयो हङ्गकङ्गको चुनावी परिणाम

चुनावमा लोकतन्त्र समर्थक आन्दोलनकारीहरुले शानदार जीत हासिल गरेका छन् । १८ वटा काउन्सिलमध्ये १७ वटामा लोकतन्त्र समर्थक काउन्सिलर्सहरु चुनिएका छन् ।


'इमरान खानका खेलहरु २६/११ क संचालकहरुका लागि ताजा प्रेरणा दिन्छ'
'इमरान खानका खेलहरु २६/११ क संचालकहरुका लागि ताजा प्रेरणा दिन्छ'

पाँच महिना अघि भारतको मुम्बईमाथि २००८ मा आतंकी आक्रमण गर्नेका सरगना प्रो। हफिज सइदलाई पाकिस्तानले थुनामा राख्यो, जो भारतको २६र११ को रूपमा मानिन्छ । त्यसपछी उनि साथ के भयो त्यस..

मिस वर्ल्ड २०१९ को उपाधि जमाइकाकी सुन्दरी टोनीलाई
मिस वर्ल्ड २०१९ को उपाधि जमाइकाकी सुन्दरी टोनीलाई

काठमाडौं । सन् २०१९ को मिस वर्ल्डको उपाधि जमाइकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । मिस वर्ल्डको ६९ औं संस्करणमा १२० देशका प्रतिस्पर्धीलाई उछिन्दै उनले प्रतियोगिताको शी..

दक्षिणी फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
दक्षिणी फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

मनिला । फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए । फिलिपिन्..

आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु
आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तान । शनिबार बिहान अफगानिस्तानमा आफ्नै सहकर्मीले चलाएको गोली लागेर  २३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।   अफगानिस्तानको पू..