उपचुनावकोे ५२ ठाउँकै अन्तिम नतिजा सार्वजनिक, धरानमा काँग्रेसले तोड्यो लालकिल्ला !


नेपाल पाना प्रकाशित: २०७६-८-१६ गते
उपचुनावकोे ५२ ठाउँकै अन्तिम नतिजा सार्वजनिक, धरानमा काँग्रेसले तोड्यो लालकिल्ला !

काठमाडौं । शनिबार भएको उपचुनावकोे सम्पूर्ण नतिजा सार्वजनिक भैसकेको छ । सत्तारुढ नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी भएका छन् । 

नेकपाले प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष ३ र विभिन्न पालिकाका २४ वडाका अध्यक्ष पद जितेको छ । त्यस्तै कांग्रेसले प्रदेश सभा सदस्य १, उपहानगरपालिकाको मेयर १ र विभिन्न पालिकाका ११ वडाध्यक्षमा जित हात पारेको छ ।

प्रतिनिधिसभातर्फ उपचुनाव भएको एक मात्र कास्की २ मा नेकपाले जित दोहोर्‍याएको छ । यसअघि रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा यसपटक विद्या भट्टराई निर्वाचित भएको छ । उनले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई हराएको हो ।

त्यस्तै प्रदेश सभाअन्तर्गत भक्तपुर १ (क) मा नेकपाले आफ्नो सिट गुमाएको छ । त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार कृष्ण भँडेलले नेकपाका उम्मेदवार देवीप्रसाद ढकाललाई हराएको हो । यसअघि यस क्षेत्रबाट नेकपाका उम्मेदवार हरिशरण लामिछानेले जितेको थियो ।

त्यस्तै प्रदेश सभातर्फ भने दाङमा नेकपाले र बागलुङ २ ‘ख’मा राष्ट्रिय जनमोर्चाले जित दोहोर्याएका छन् । दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपाका उम्मेदवार विमलाकुमारी ओली विजयी भएको छ । उनले नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा विजयी भएको हो । बागलुङ २ ‘ख’ मा नेकपाको समर्थनमा जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही विजयी भएको छ ।


चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति
चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति

काठमाडौं । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले ३ देशबाट ल्याइने औषधीमा आपत्ति जनाएका छन् । आज बसेको बैठकमा संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले..

नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु
नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन् ।..

नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे
नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दैछ ।  भोलि बस्ने स्थायी समितिको बैठकको एजेण्डा तय गर्नको लागि आजको सचिवालय बैठ..

दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल
दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुई दिन गुप्तवास बसेर पार्टीको प्रतिवेदन तयार पारेका छन् । यही मंसिर २९ गते बस्ने पार्टीको स्थायी समिति बैठकमा पेश गर्नेगरि उनले प्..