साग: श्रीलंकाविरुद्ध ऐरी आक्रामक, ऐरीले गरे अर्द्धशतक प्रहार


नेपाल पाना प्रकाशित: २०७६-८-१७ गते
साग: श्रीलंकाविरुद्ध ऐरी आक्रामक, ऐरीले गरे अर्द्धशतक प्रहार

काठमाडौं । श्रीलंकाविरुद्धको नेपालका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले अर्द्धशतक प्रहार गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ऐरीको उत्कृष्ट प्रदर्शनको मद्दतमा सम्मानजनक स्कोरतर्फ लम्केको हो ।

दोस्रो ओभरमै पारस खड्कालाई गुमाएर नेपाल दबाबमा आएको थियो । अर्का ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल पनि १९ बलमा २० रन बनाउँदै आउट भएपछि चौंथो नम्बरमा आएका ऐरीले नेपालको पारी सम्हालेका थिए । 

ऐरीले ३४ बलमा अर्धशतक पूरा गरेका हुन् । १७ ओभरमा उनले श्रीलंकाका बलरलाई लगातार तीन चौका प्रहार गरेका छन् । ऐरीलाई विनोद भण्डारी र पवन सर्राफले बलियो साथ दिए । नेपालले श्रीलंकाको यू-२३ टोलीसामू १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।


पीपीएल: पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्दै
पीपीएल: पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्दै

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिगको आज पहिलो दिन उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्दैछ ।   पोखरास्थित पोखरा क्रिकेट रंगश..

१३ औं सागः भुटानविरुद्ध नेपालले गर्‍यो दोश्रो गोल
१३ औं सागः भुटानविरुद्ध नेपालले गर्‍यो दोश्रो गोल

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा नेपालले दोश्रो गोल गरेको छ । यस अघि खेलको १५ औं मिनेटमा अभिषेक रिजालले एक गोल गर्दै नेपाललाई अग्रता दिएका थियाे..

१३ औं साग अपडेटः सनिलले स्वर्ण जितेसँगै नेपालको लक्ष्य पुरा
१३ औं साग अपडेटः सनिलले स्वर्ण जितेसँगै नेपालको लक्ष्य पुरा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । योसँगै सागमा जेपालको स्वर्ण संख्या ५० पुगेको छ । मंगलबार लगनखेलस्थित नेपाली सेनाको शार..

१३ औं सागः समापन समारोहसहित ५ खेलमा प्रतिस्पर्धा हुँदै
१३ औं सागः समापन समारोहसहित ५ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको अन्तिम दिन आज विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको दशौँ दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ..