११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर


नेपाल पाना प्रकाशित: २०७६-८-१७ गते
११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय सुनसरीकै सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी जग्गाको नक्साको धर्सा मेटाई व्यक्तिको नामको जग्गामा थपेको आरोपमा अख्तियारले सुनसरी नापी कार्यालयका कर्मचारीहरू योगेन्द्रप्रसाद यादव, कपालेश्वर राम र सुकदेव यादवविरुद्ध मुद्दा दायर गरेको हो । 

अख्तियारले नापी कार्यालयमै बसेर काम गर्ने रमेश साह, जग्गाधनी रमेशकुमार श्रेष्ठ, आसमा खातुनविरुद्ध मुद्दा दायर गरेको छ । सबैमाथि ६ लाख रुपैयाँका दरले बिगो मागदाबी गरिएको छ ।

त्यसैगरी, अख्तियारले सडकको टेन्डर प्रतिस्पर्धामा कागजात केरमेट गरेको आरोपमा डिभिजन सडक कार्यालय जनकपुरका प्रमुख दिनेश अर्यालसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । अर्यालसहित लेखा प्रमुख जीवनाथ पोखरेल, इन्जिनियरहरू राजकुमार यादव र सञ्जीवकुमार साहविरुद्ध १९ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर गरिएको हो । 

टेन्डरको कागजात खोल्ने क्रममा भैरव कन्स्ट्रक्सन कम्पनी नयाँ बजारले पेस गरेको दररेटको अंक र अक्षर सच्याएको आरोपमा अख्तियारले उक्त कम्पनीका सञ्चालक सुरेशलाल श्रेष्ठ, गोपाल श्रेष्ठ र कम्पनीका प्रतिनिधि मोहनप्रसाद यादवविरुद्ध पनि मुद्दा दायर गरेको छ । कान्तिपुर दैनिकबाट


गाडीले कुल्चेर मर्ने पनि सहिद ?
गाडीले कुल्चेर मर्ने पनि सहिद ?

काठमाडौँ । यस अभागीकी आमा मरी, बाबु अर्थात् मेरो जीवनको कुनै ठेगान छैन, जुनसुकै बेला जेसुकै पनि हुन सक्छ । यो तिम्री पनि छोरी हो । सकेदेखि यसको लालनपालन एवं शिक्षादीक्षाको व्य..

सार्वजनिक जग्गाका घरटहरा हटाउन बाटो खुल्यो
सार्वजनिक जग्गाका घरटहरा हटाउन बाटो खुल्यो

खोटाङ । हलेसीआसपासका सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा हटाउन हलेसी तुवाचुङ नगरपालिकालाई बाटो खुलेको छ । हलेसीको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माणलगायत प्रयोजनका..

दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल
दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुई दिन गुप्तवास बसेर पार्टीको प्रतिवेदन तयार पारेका छन् । यही मंसिर २९ गते बस्ने पार्टीको स्थायी समिति बैठकमा पेश गर्नेगरि उनले प्..

कानुन छिटो नबन्दा पानीजहाज चलाउन ढिलाइ
कानुन छिटो नबन्दा पानीजहाज चलाउन ढिलाइ

काठमाडौं । नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ । सरकारले ललितपुरको..