चिकित्साका विद्यार्थीद्वारा परीक्षा बहिष्कार


नेपाल पाना प्रकाशित: २०७६-८-१९ गते
चिकित्साका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

काठमाडौँ । शुल्क फिर्ताको माग लिएर आन्दोलित चिकित्साशास्त्रका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । चितवन र युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले बुधबार बीडीएस र नर्सिङ विषयको परीक्षा बहिष्कार गरेको जानकारी चिकित्सा शिक्षा संघर्ष समितिले दिएको छ । फागुनदेखिको हडतालले शैक्षिक क्यालेन्डर प्रभावित भएको भन्दै गण्डकीका विद्यार्थी भने परीक्षामा सहभागी भएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका मेडिकल कलेजमा बुधबारदेखि एमबीबीएससहित चिकित्सा शिक्षा पहिलो वर्षका विभिन्न विषयको परीक्षा सुरु भएको छ । चितवन मेडिकल कलेजका विद्यार्थीले प्रवेशपत्रसमेत जलाएको समितिका प्रवक्ता अनित सिन्हाले जानकारी दिए । उनका अनुसार आन्दोलनको कार्यक्रमअन्तर्गत नै चितवन र युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले पहिलो दिनको परीक्षा बहिष्कार गरेका हुन् । बिहीबार एमबीबीएसको परीक्षा हुँदै छ । संघर्ष समितिले नेसनल, चितवन र युनिभर्सल मेडिकल कलेजका परीक्षार्थीलाई उक्त परीक्षामा समेत सहभागी नहुन आह्वान गरेको छ ।

अतिरिक्त शुल्क फिर्ताको मागसहित विद्यार्थीले पठनपाठन ठप्प पारेपछि कात्तिक २० देखिको परीक्षा चिकित्साशास्त्र अध्ययन संस्थानले मंसिर १८ गतेलाई सारेको थियो । सरकार र मेडिकल कलेज सञ्चालकबीच बढी लिएको शिक्षण शुल्क समायोजन गर्ने सहमति भएको छ तर कलेजहरूले सम्झौताअनुसार शुल्क फिर्ता गर्ने प्रक्रिया थालेका छैनन् । एमबीबीएस र बीडीएस पहिलो र दोस्रो वर्षको मात्रै शुल्क फिर्ता गर्ने सहमतिमा विद्यार्थीले असन्तुष्टि जनाउँदै आएका छन् । 

विद्यार्थीले नर्सिङ, फार्मेसी, बीपीएच, पब्लिक हेल्थलगायत अतिरिक्त रकम लिएका सबै विषयको रकम फिर्ता हुनुपर्ने माग राखेर आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मंसिर १० गते शुल्क फिर्ता गराउन कलेज सञ्चालकहरूसँग सहमति गरेका थिए । माग पूरा नभएको र पढाइ पनि बिथोलिएका कारण विद्यार्थीहरू परीक्षा दिन तयार नभएको संघर्ष समितिका प्रवक्ता सिन्हाले जनाए । माग पूरा नभए अन्य विषय र दोस्रो वर्षसहित तेस्रो र चौथो वर्षको परीक्षामा समेत सहभागी नहुने समितिले चेतावनी दिएको छ । कान्तिपुर दैनिकबाट


हिटर बालेर सुतेकाहरू उठेनन्
हिटर बालेर सुतेकाहरू उठेनन्

काठमाडौँ । नेपाल घुम्न भारतको केरलाबाट आएको १५ जनाको टोली पोखराबाट हेटौंडा हुँदै रिजर्भ गाडी लिएर सोमबार दामन सिमभन्ज्याङ आइपुगेको थियो ।  मकवानपुरको थाहा नपा–४..

एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएन
एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएन

काठमाडौँ । धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा एकीकृत नमुना बस्ती त ठडियो तर पुनर्निर्माणले पूर्णता पाएको छैन । शौचालय र तलामा काठ छाप्ने काम बाँकी नै छ । दुई..

बाह्रविसे बजार तीन दिनदेखि अशान्त
बाह्रविसे बजार तीन दिनदेखि अशान्त

सिन्धुपाल्चोक । राजमार्गको क्षेत्र मिचेर बनाइएका घर, टहरालगायत अस्थायी संरचना भत्काएको विषयमा व्यापारिक केन्द्र बाह्रविसे बजार तीन दिनदेखि अशान्त छ। शान्ति भड्किन नदिँन स्थानी..

मूल्यवृद्धि नियन्त्रणबाहिर, महँगिएको तथ्य सार्वजनिक 
मूल्यवृद्धि नियन्त्रणबाहिर, महँगिएको तथ्य सार्वजनिक 

काठमाडौं । भारतमा चर्किएको मूल्यवृद्धिले नेपाली उपभोक्ताको भान्सा महँगिएको तथ्य राष्ट्र बैंकले सार्वजनिक गरेको छ।  गएको मंसिरमा नेपाली बजारमा तरकारीको भाउ औसत ४२ प्रति..