५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित


आर.एन. राउत प्रकाशित: २०७६-८-२० गते
५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान भएको ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ ।

खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् । त्यस्तै कास्य पदक नेपालका हरि रिमालले जितेका छन् । पार्कीले १४ मिनेट ५४।२० सकेन्डमा निर्धारित दूरी पार गरेका थिए । योसँगै नेपालको स्वर्ण पदकको खातामा ३७ स्वर्ण पदक पुगेको छ ।

साइक्लिङका कारण आज र भोलि काठमाडौँका सडक प्रभावित हुँदै

सागअन्तर्गतको छोटो तथा लामो दूरीको साइक्लिङ हुने भएकोले काठमाडौँका विभिन्न सडकखण्डमा शुक्रबार र शनिबार अत्यावश्यक बाहेक सवारी साधन नचलाउन महानगरीय ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

कलंकी कोटेश्वर हुँदै भक्तपुरको जगातीसम्मको सडक खण्डमा साइक्लिङ हुने भएकाले अत्यावश्यक बाहेक सवारी नचलाउन ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको हो । उक्त सडक खण्डमा दुई दिन सर्भिस लेनमा मात्र सवारी चलाउन पनि प्रहरीले सूचना जारी गरेर भनेको छ ।

शुक्रबार कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्म साइक्लिङ हुनेछ। यस्तै, शनिबार कलंकी, सातदोबाटो, कोटेश्वर हुँदै सूर्यविनायकसम्म लामो साइक्लिङ हुने भएकाले उक्त दिन पनि सर्भिस लेनमा मात्र सवारी चलाउन प्रहरीले आग्रह गरेको छ ।

शनिबार कोटेश्वरबाट भक्तपुरको जगातीसम्म जाने सम्पूर्ण सवारीसाधनलाई जडिबुटी चोकबाट पेप्सीकोला, ब्यासी, कमल विनायकको रुट प्रयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ।


मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित
मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

काठमाडौ । नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन..

पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने
बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय ग..

‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’
‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् ।  उनले ट्व..