पेटको दुखाईले हैरान हनुहुन्छ ? अपनाउनुस् यी घरेलु उपाय


नेपाल पाना प्रकाशित: २०७६-८-२४ गते
पेटको दुखाईले हैरान हनुहुन्छ ? अपनाउनुस् यी घरेलु उपाय

काठमाडौं । पेट दुख्ने समस्या हामी सबैको साझा समस्या नै हो । यसको समस्या धेरैमा पाइन्छ । पेट दुखेमा बजारमा धेरै औषधीहरु पाइन्छन ।  

तर, बजारमा पाइने औषधी भन्दा घरेलु उपाय अपनाएमा शरीरलाई धेरै फाइदा हुन्छ । कतिपय औषधीहरु व्यथा घटाउने भन्दा बढाउने खालको हुन्छन् ।  

त्यसैले सकेसंम घरेलु औषधी कै प्रयोग गर्नु उत्तम हुन्छ । यसका लागी घरेलु टिप्सहरु छन् जसको प्रयोगले घरमा नै बसेर आफ्नो पेट दुख्ने समस्याबाट छुटकारा पाउन सक्नु हुन्छ ।

तुलसी

तुलसीको सेवनले शरीरमा भएका अनेक रोगहरु निको हुने गर्छ , तुलसीलाई धर्तीको अमृत भन्ने पनि गरिन्छ । तुलसीको पातलाई कडा बनाएर पिउनाले झाडापखाला र कब्जियतबाट पनि राहत पाउन सकिन्छ । एक चम्चा तुलसीको रस पिउनाले पेट दुखाई निको हुने र बटारेको पनि ठिक पार्छ । दैनिक तुलसीको चार पातको नियमित सेवनबाट धेरै प्रकारका समस्याबाट राहत मिल्दछ ।

त्रीफला

त्रिफलाले कब्जियतको समस्यामा निकै फाइदा पुर्याउँछ । तीन जडिबुटिको मिश्रणले त्रिफला बन्छ । जसमा आमलकी, हरतिकी र विभतकी मिसिएको हुन्छ । त्रिफलाको एक सय ग्राम चुर्ण र ६० ग्राम चीनी मिसाएर दिनमा दुइपटक सेवन गर्नाले पेटको सबै समस्याबाट राहत मिल्छ ।

बेथे

बेथेको साग पेटको समस्याको लागी अंमृत नै मानिन्छ । यसले आमाशयमा शक्ति प्रदान गर्छ र कब्जियत हटाउछ । बेथेको सागले शरीरलाई शक्ति प्रदान गर्नुृका साथै पेट सम्बन्धि समस्यालाई निराकरण गर्न मद्दत पुग्छ । बेथेको रस र उमालेको सागको पानी खानाले ग्यास्ट्रिक, दुखाई र कब्जियत निको हुन्छ ।

सौंफ

सौंफको प्रयोग खाना खाइसकेपछि गरिन्छ तर यसलाई पानीमा उमालेर सेलाएर पिउनुमा बढी फाईदा हुन्छ । दिनमा ३ पटक पिउनाले अपच र कफको समस्या बाट छुटकारा पाउन सकिन्छ । पेट दुखेको अवस्थामा सौंफलाई भुटेर चपाउदा पनि निको हुन्छ ।


रुघाखोकीका बिरामीले गाउँ नै थला परेपछि...
रुघाखोकीका बिरामीले गाउँ नै थला परेपछि...

हुम्ला । सिमकोट गाउँपालिका–२ मा यतिबेला रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ ।  करिब ५ सय घरधुरी रहेको सो गाउँमा यतिबेला रुघाखोकीका बिरामीले गाउँ नै थला परेको छ ।..

मिर्गौला रोगीको सख्या बढ्दै, रोग लाग्नुकाे कारण र रोकथाम यस्ताे छः
मिर्गौला रोगीको सख्या बढ्दै, रोग लाग्नुकाे कारण र रोकथाम यस्ताे छः

काठमाडौं । आजभोली नेपालमा मात्र नभएर विश्वमा नै मिर्गौला रोगीको सख्या बढ्दै गएको छ । बदलिँदो जीवनशैली,खानपान,मोटोपनले गर्दा पछिल्लो समय युवा,बुद्धा,बालबालिका सबै उमेर समुहमा म..

‘पूर्ण खोप अभियान’ अत्यन्तै ठूलो र चुनौतीपूर्ण छः मन्त्री घिमिरे
‘पूर्ण खोप अभियान’ अत्यन्तै ठूलो र चुनौतीपूर्ण छः मन्त्री घिमिरे

विराटनगर । प्रदेश नं.१ का सामाजिक मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मात्रै सहभागिताले ‘पूर्ण खोप अभियान’ सार्थकता नहुने बताएका छन् ।  स्वास्थ्य तथा जन..

पुरुषका लागि बन्यो गर्भनिरोधक सुई, एक पटक लगाए १५ वर्षसम्म बच्चा नहुने 
पुरुषका लागि बन्यो गर्भनिरोधक सुई, एक पटक लगाए १५ वर्षसम्म बच्चा नहुने 

काठमाडौं । अहिलेसम्म गर्भनिरोधक चक्की र सुई महिलाका लागि मात्र बनेका थिए । तर, अहिले भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनाएका छन् । त्यो सुई एक पटक लगाएको खण्डमा १..